![Kala Internatinal](https://bmn.news/storage/media/4137/1-kala.jpg)
एक बन्दुकधारीले गोली हानी २२ जनाको हत्या
एजेन्सी– अमेरिकामा एक बन्दुकधारीले गोली हानी २२ जनाको हत्या गरेको छ। घटनामा ६० जना घाइते भएका छन्। मेन राज्यस्थित ल्युस्टन सहरमा एक अज्ञात बन्दुकधारीले गोली हानी हालसम्म २२ जनाको हत्या गरेको त्यहाँको प्रहरीले जनाएको छ। बन्दुकधारीको प्रहरीले खोजी गरिरहे पनि फेला पार्न सकेका छैनन्।यो घटनामा बन्दुकधारीले विभिन्न स्थानमा गोली प्रहार गरी हत्या गरेको प्रहरीले बताएको छ। प्रहरीले बन्दुकधारी पक्राउ नपरेसम्म त्यहाँका स्थानीयलाई सुरक्षित स्थानबाट बाहिर ननिस्कन समेत आग्रह गरिरहेको छ। यो घटना बारे अमेरिकी राष्ट्रपति जो बाइडनलाई पनि जानकारी गराइसकिएको र घटनाक्रम बारे निरन्तर अपेडट दिइएको पनि बताइएको छ।त्यहाँको अस्पताललाई ठूलो संख्यामा घाइतेहरुको उपचारका लागि तयारी अवस्थामा राखिएको छ भने प्रहरीले संदिग्धको दुईवटा तस्बिर सार्वजनिक गर्दै स्थानीयलाई पहिचानका लागि सहयोगको आग्रह गरेको छ
अज्ञातद्वारा मदन भण्डारीको सालिक तोडफोड
रामेछाप– रामेछापको खाँडादेवी गाउँपालिका–५ पकरबासको सल्लेनी वनमा रहेको मदन भण्डारीको सालिक तोडफोड गरिएको छ । खाँडादेवी गाउँपालिका–५ का वडाध्यक्ष मनोज पौडेलका अनुसार महाअष्टमीको राति अज्ञान व्यक्तिले सालिक तोडफोड गरेका हुन् । डोरमणि पौडेल मुख्यमन्त्री हुँदा वाग्मती प्रदेश सरकार, खाँडादेवी गाउँपालिका र वडा कार्यालय समेतको लगानीमा पार्क निर्माण गरी मदन भण्डारीको सालिक राखिएको थियो । सदरमुकाम मन्थली र आसपासका क्षेत्र तथा खाँडादेवी गाउँपालिका मानिसलाई घुम्न जान सो पार्क पायक पर्ने गरी निर्माण गरिएको थियो । पार्कमा राखिएको मदन भण्डारीको सालिकको एउटा गोडा भाँचेर फालिएको छ । त्यस्तै सालिकको पनि विभिन्न भागमा ढुङ्गाले हानेको कारण चोट लागेको छ । यस अघि पनि सो पार्कको गेटमा लगाइएको ताला फोडिएको थियो । पटक पटक ताला फोडिएपछि ताला लगाउन छाडिएकोमा अहिले सालिक नै तोडफोड गरिएको पौडेलले बताए । ‘फरक विचार राख्ने अराजकले तोडफोड गरेर क्षति पुर्याएका हुन्’, पौडेलले भने ।
राष्ट्रपतिले विशिष्टदेखि सर्वसाधारणलाई टीका लगाइदिने
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीका दिन विशिष्ट पदाधिकारीदेखि सर्वसाधारणलाई टीका लगाइदिने भएका छन् ।
दशैंभर मौसम सफा रहन्छ : मौसमविद्
काठमाडौं । दशैंभर देशको पहाडी भूभागमा आंशिक बदली रहे पनि बाँकी भूभागमा मौसम सफा सफा रहने जल तथा मौसम विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
यू–१९ प्रिमियर कप : नेपालले टस जितेर ब्याटिङ थाल्यो
काठमाडौं । यू–१९ प्रिमियर कपको फाइनलमा नेपालले यूएईविरुद्ध टस जितेर ब्याटिङ रोजेको छ । मलेसियाको बायोमास ओभलमा भइरहेको खेलमा अर्जुन कुमाल र दिपक बोहोरा ओपनिङ जोडी छन् ।
आज विजया दशमी, मान्यजनबाट टीका र जमरा लगाइँदै
काठमाडौं । आज विजया दशमी अर्थात् दुर्गापक्षको मुख्य दिन । नवदुर्गाको प्रसादका रूपमा आज मान्यजनको हातबाट शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाइँदै छ ।
टीकाको दिन काठमाडौं उपत्यकामा प्रहरीले निःशुल्क बस सञ्चालन गर्ने
टीकाको दिन काठमाडौं उपत्यकामा प्रहरीले निःशुल्क बस सञ्चालन गर्ने
झलनाथले दसैँमा नेता कार्यकर्ताहरूलाई टीका लगाइदिने
काठमाडौँ - नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले यसपटक काठमाडौँमा नै दसैँ मनाउने भएका छन् । खनालले डल्लुस्थित आफ्नो निवासमा दसैँको टीका लगाउने भएका हुन् ।
चिनियाँ जहाजले दक्षिण चीन सागरमा फिलिपिन्सको जहाजलाई दियो ठक्कर
काठमाडौँ । दक्षिण चीन सागरमा फिलिपिन्स र चीनको टकराब दिनदिनै बढ्दै गइरहेको छ । आइतबार दिउँसोको समयमा चीनको तटरक्षकको जहाजले फिलिपिन्सको जहाजलाई जानाजान ठक्कर हानिदिएको छ ।
पाल्पामा जीप दुर्घटना, ८ घाइते, २ को अवस्था गम्भीर
पाल्पा । पाल्पामा सोमबार दिउँसो जीप दुर्घटना हुँदा ८ जना घाइते भएका छन्। गुल्मीदेखि बुटवलतर्फ जाँदै गरेको लु १ ज ४१६५ नम्बरको जीप सिद्धार्थ राजमार्गअन्तर्गत तानसेन नगरपालिका-७ लामडाँडामा दिउँसो करिब २ बजे दुर्घटना भएको ट्राफिक कार्यालय पाल्पाका प्रमुख राजकुमार चापागाईंले बताए। घाइते मध्य दुई जनाको अवस्था गम्भीर रहेको जिल्ला घाइते भएका छन्।
![गोरखापत्र](https://bmn.news/storage/media/5043/41056300.gif)