घट्यो गाडी भाडा, कहाँ जान कति लाग्छ ?
सरकारले लामोदुरीको सार्वजनिक गाडीको भाडा घटाएको छ ।
लडाकुले पाउने २ लाख तत्काललाई रोक्ने आदेश
काठमाडौं–माओवादीका पूर्वलडाकूलाई २ लाख रुपैयाँका दरले राहत दिने निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश दिएको छ।न्यायाधीश कुमार रेग्मीको इजलासले पूर्वलडाकूलाई पैसा दिने निर्णय तत्काल कार्यान्वयन नगर्न आदेश दिएको हो।सर्वोच्चका प्रवक्ता विमल पौडेलले पूर्वलडाकूलाई २ लाखका दरले राहत दिने निर्णय तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको छ। सरकारले तत्कालीन नेकपा (माओवादी) का लडाकूलाई जनही २ लाख रुपैयाँ दिने कार्यविधि तयार पारेको थियो। कार्यविधिमा उनीहरूले पाउने दुई लाख रुपैयाँ बैंक खातामा हालिदिने व्यवस्था थियो। अयोग्य लडाकू ४ हजार ८ जना छन्। यसअघि गत चैत ६ गते बसेको मन्त्रिपरिषद् बैठकले अयोग्य लडाकूलाई दुई-दुई लाख दिने निर्णय गरेको सार्वजनिक भएको थियो।अनमिनले नै लडाकू होइनन् भनेर प्रमाणित गरिसकेका माओवादी कार्यकर्ताहरूलाई सरकारले राज्यकोषबाट पैसा बाँड्न लागेको भन्दै विरोध भएको थियो।
नेकपा एमालेको सरकारसँग नक्कली भुटानी शरणार्थीको प्रकरणबारे प्रगति विवरण माग
काठमाडौं—सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा आकस्मिक समय लिएर एमाले सांसद ठाकुरप्रसाद गैरेले भ्रष्टाचार सम्बन्धी खोलिएको फाइलबारे भएको अनुसन्धानबारे सदनलाई जानकारी दिन ढिलाइ गरेको कारण सोधे । नक्कली भुटानी शरणार्थीको प्रकरणमा के कति प्रगति भएको छ भनेर भन्न सरकारलाई के अप्ठ्यारो परेको छ ? सभामुख देवराज घिमिरेलाई अनुसन्धानका सम्बन्धमा जानकारी गराउन सरकारलाई रुलिङ गर्न सांसद गैरेले आग्रह गरेका छन ।भ्रष्टाचारविरुद्ध देश आन्दोलित भएको र अन्तर्राष्ट्रिय समुदायको ध्यानाकृष्ट भएको उल्लेख गर्दै उनले नक्कली भुटानी शरणार्थी प्रकरणमा निष्पक्ष छानबिन हुनेमा आशंका रहेको पनि बताएका छन । किन एमालेको यस विषयमा आशंका रह्यो ? यो भने उनले खोलेनन् तर अहिले बजारमा गरेको हल्ला यसमा देउवा पत्नी आरजु राणा, केपी ओली सम्म जोडिन सक्ने विषय निराधार होला या अनुसन्धानले के बताउला त्यो भने अनुसन्धानकै विषयले बताउला ।
नेकपा माओवादी केन्द्रका नेताहरु चीनको भ्रणमा जानेः
काठमाडौं — नेकपा माओवादी केन्द्रका नेताहरु उत्तरी छिमेकी देश चीनको भ्रणमा जाने भएका छन् ।अनुभव आदान –प्रदानका लागि भन्दै माओवादी केन्द्रका उपाध्यक्ष एवम् पूर्वसभामुख अग्निप्रसाद सापकोटा नेतृत्वमा आगामी शुक्रबार सापकोटाको नेतृत्वमा करिब २० जना नेताहरु चीन भ्रमणमा जान लागेको माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडा स्रोतले बताएको छ । भ्रमण टोलीमा माओवादीको जनवर्गीय संगठनका प्रमुख र प्रदेश अध्यक्षहरुको समेत सहभागी हुनेछ । देशमा वर्तमान परिस्थीतिको यो अबस्थामा सरकारमा रहेको दलका नेताहरुले चीन भ्रमण गर्नु निकै नै अर्थपूर्ण छ, राजनीतिक बिश्लेषकहरु बताउँछन् । तर भ्रमणले के कस्तो सन्देश ल्याउला त्यो भने हेर्न बाँकी छ । यसअघि नेकपा एमालेका नेताहरुको टोली पनि चीन भ्रमण गरेर फर्किएको थियो ।
टोप बहादुर रायमाझी पक्राउ
फरार रहेका टोप बहादुर रायमाझी पनि पक्राउ परेका छ्न । उनको छोरा यस अघि नै पक्राउ परिसकेको छ्न ।
शीर्षदलका नेताहरुको बैठक जारी, संसदीय दलका उपनेता र सचेतक पनि थपिए
बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित प्रमुख दलका शीर्ष नेताहरूको बैठक जारी छ।
नक्कली भुटानी शरणार्थी प्रकरणले डगमगाएको नेपालको कूटनीतिक साख जोगिएला?
हालसम्म पूर्व गृहमन्त्री बालकृष्ण खाणसहित एक दर्जन व्यक्तिहरू उक्त प्रकरणमा पक्राउ परेका छन्
प्रमुख तीन दलका शीर्ष नेताबीच भेटवार्ता
बजेट, नीति तथा कार्यक्रम, संसदीय समिति गठन लगायतका विषयमा प्रमुख तीन दलका शीर्ष नेताबीच छलफल भएको छ ।
पूर्वसांसद आङटावा शेर्पाविरुद्ध पक्राउ पुर्जी जारी
पूर्वसांसद आङटावा शेर्पा
नेपालमा राजनीतिक संकट ! प्रचण्ड, देउवा र ओली पनि आज छलफलमा
नक्कली भुटानी शरणार्थी प्रकरणलाई सम्बन्धित नेताहरुको संघर्ष , त्यसको बादी यी प्रमुख दलका शीर्ष नेताहरुबीच पटक-पटक छलफल र भेटघाट हुँदै आएको छ। अन्ततः, नेताहरुले त्यस प्रकरणमा भएका छलफलको सार्वजनिक घोषणा नभएको छ।नेताहरुको बीचमा यस प्रकरणलाई सम्बन्धित नेपाली राजनीतिक दलहरुको अध्यक्षहरु रहेका छन्। उनीहरुले भुटानी शरणार्थीहरुको प्रतिबन्ध हटाउने विषयमा अलग-अलग धारणाहरु राखेका छन्। एक तरफबाट, अधिकारीहरुले अपराधीहरुलाई कडा सजाय दिने छन् भने अर्को तरफबाट, तीव्र अभाव सम्बन्धी दावी गरेका छन्। त्यस्तै, तीन नेताहरु बीचको समझौता नहुने बाटोले नेपाली राजनीतिक माहौललाई अति नाकाफी पारेको छ।