कैलालीमा बन्दुक, गोली र बारूदसहित चार जना पक्राउ
कैलालीमा बन्दुक, गोली र बारूदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ ।
गाईजात्रा तथा जनैपूर्णिमा रक्षाबन्धनको अवसरमा प्रधानमन्त्रीको शुभकामना
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालीहरूका मौलिक सांस्कृतिक पर्वहरू गाईजात्रा तथा जनैपूर्णिमा रक्षाबन्धनको अवसरमा शुभकामना प्रदान गरेका छन् ।
उधारो सहमति मान्य हुदैन् भन्दै अनेरास्ववियूले जलायो सहमति पत्र
अनेरास्ववियूले बालुवाटारमा गरिएको उधारो सहमति मान्य हुदैन् भन्दै सहमति पत्र जलाएका छन् ।
आज जनैपूर्णिमा तथा रक्षाबन्धन पर्व मनाइँदै
आज रक्षावन्धन तथा जनै पूर्णिमा पर्व देशभर मनाइँदैछ ।
बुटवलका तत्कालिन डीएसपी केसीविरुद्ध भ्रष्टाचार मुद्दा
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इलाका प्रहरी कार्यालयका तत्कालिन प्रमुख डीएसपी ठगबहादुर केसीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
रास्वापाका नेताहरु नेपाल र पाकिस्तानबीचको खेल सामूहिक रुपमा हेर्दै
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेता कार्यकर्ताहरुले एशिया कप क्रिकेट अन्तर्गत नेपाल र पाकिस्तानबीचको खेल सामूहिक रुपमा हेरिरहेका छन् ।
नेपाललाई तेस्राे सफलता, रिजवान रन आउट
एसिया कप क्रिकेटमा पाकिस्तानसँगको खेलमा नेपालले तेस्रो सफलता हात पारेको छ ।
सुन तस्करीमा जोडिएका कृष्णबहादुर महराका छोरा सिआइबीको नियन्त्रणमा
माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष कृष्णबहादुर महराका छोरा राहुल महरालाई सीआईबीले नियन्त्रणमा लिएको छ ।
ओडीआईमा ५० औं खेल खेल्दै सन्दीप लामिछाने
काठमाडौं- नेपालका लेग स्पिनर सन्दीप लामिछानेले एकदिवसीय अन्तर्राष्ट्रिय ९ओडीआई० क्रिकेटमा ५० औं खेल पूरा गरेका छन् । बुधबार पाकिस्तानको मुल्तान क्रिकेट स्टेडियममा एसिया कपमा पाकिस्तानविरुद्ध खेल्दै उनले एकदिवसीयमा ५० औं खेल पूरा गरेका हुन् । सन्दीपले ४९ ओडीआई खेलमा ३६७ रन बनाउनुको साथै १ सय ११ विकेट लिएका छन् । सन्दीपले २०१८ अगष्टमा नेदरल्यान्ड्सविरुद्ध ओडीआईमा डेब्यू गरेका थिए । सन्दीप रोहित पौडेल र दीपेन्द्रसिंह ऐरीपछि ५० औं ओडीआई खेल्ने तेस्रो नेपाली खेलाडी हुन् । सन्दीप ओडीआई इतिहासमा सर्वाधिक छिटो ४२ खेलमा १ सय विकेट लिने खेलाडी पनि हुन् । उनले गत वैशाखमा अफगानिस्तानका राशिद खानको ४४ खेलको कीर्तिमान तोडेका थिए । सन्दीपले २०२० मा अमेरिका र २०२१ मा पपुवा न्युगिनीविरुद्ध ६–६ विकेट लिएका थिए । नेपाललाई एसिया कपमा पुर्याउन र ओडीआई मान्यता निरन्तरता गराउन उनको योगदान महत्वपूर्ण थियो । नेपालबाट सर्वाधिक धेरै ओडीआई खेल कप्तान रोहित पौडेलले ५२ र अलराउन्डर दीपेन्द्रसिंह ऐरीले ५० खेल खेलेका छन् ।
सामान्य अङ्कले घट्यो नेप्से परिसूचक
नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ।