कोशीको सभामुखद्वारा पार्टीबाट अलग भएको घोषणा
काठमाडौँ । कोशी प्रदेशका सभामुख अम्बर बहादुर विष्टले पार्टीबाट राजीनामा दिएका छन् । पुस २४ गते प्रदेश सभामुखमा निर्वाचित भएसँगै उनले आफू आबद्ध दल राप्रपाको जिम्मेवारीबाट अलग भएको घोषणा गरेका हुन् ।
तपस्वी रामबहादुर बम्जन बूढानीलकण्ठबाट पक्राउ
काठमाडौँ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले विवादित ‘तपस्वी’ रामबहादुर बम्जनलाई आज पक्राउ गरेको छ।
माओवादीले टुंगो लगायो ६ जना उम्मेदवार
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गठबन्धनबाट भाग पाएअनुसार राष्ट्रिय सभाका ६ वटै सिटमा उम्मेदवारको नाम टुंगो लगाएको छ। आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पदाधिकारी बैठकले उम्मेदवार टुंगो लगाएको हो ।
अमेरिकामा रक्षामन्त्री अस्पतालमा भर्ना हुँदा राष्ट्रपति बेखबर
वासिङ्टन डिसी । अमेरिकामा रक्षामन्त्री बिरामी परेर अस्पतालमा भर्ना भएर बसेको कुरा कयौँ दिनसम्म राष्ट्रपतिलाई जानकारी नगराइएको खुलासा भएको छ ।
आगामी जलवायु सम्मेलनको तयारी गर्न विज्ञहरूको जोड
काठमाडौँ । नेपालले आगामी जलवायु सम्मेलनको तयारी अहिलेबाटै गर्न आवश्यक रहेको विज्ञहरूले बताएका छन्।
सर्लाहीको बरहथवा नगरपालिकामा फेरि लाग्यो कर्फ्यु
सर्लाही । जिल्ला प्रशासन कार्यालय सर्लाहीले बरहथवा नगरपालिकामा आज दिउँसोदेखि भोलि विहानसम्म लागू हुने गरी कर्फ्यू जारी गरेको छ।
काठमाडौँमा गाँजा मिसाई केकको व्यापार हुने गरेको खुलासा
काठमाडौँ । काठमाडौँमा लागु औषध गाँजा मिसाई केकको व्यापार हुने गरेको खुलासा भएको छ ।
पृथ्वीजयन्तीमा राप्रपाको भव्य चियापान कार्यक्रम
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले यही पुस २७ गते ३०२औँ पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा भृकुटीमण्डपमा शुभकामना आदानप्रदान तथा चियापान समारोह आयोजना गर्ने भएको छ।
राष्ट्रियसभामा बाइकट गरेको प्रति जनमत पार्टीको असन्तुष्टि
काठमाडौं । डा. सिके राउत नेतृत्वको जनमत पार्टीले राष्ट्रियसभामा सत्ता गठबन्धनबाट भाग नपाएकोप्रति असन्तुष्टि जनाएको छ। सरकारलाई सुरुदेखि नै समर्थन गरिरहेको जनमतले राष्ट्रियसभाका लागि एक सिट दाबी गरेको थियो।
राष्ट्रपतिको मनोनीत गर्ने सिटमा परिन जनमोर्चाकी दुर्गा पौडेल
काठमाडौं । सत्ता गठबन्धनमा आवद्ध दलहरुबीच राष्ट्रपतिले मनोनीत गर्ने राष्ट्रिय सभा सदस्यबारे पनि सहमति जुटेको छ ।