नेपाल र भारतले भोलि ३ वटा प्रसारण लाइन संयुक्त रुपमा उद्घाटन गर्ने
काठमाडौँ । भारतीय विदेशमन्त्री एस जयशंकर र परराष्ट्र मन्त्री एनपी साउदले भोलि १३२ केभीएका तीनवटा प्रसारण लाइनको संयुक्त रुपमा उद्घाटन गर्ने भएका छन् । विदेशमन्त्री जयशंकर भोलिदेखि नेपाल–भारतबिच हुने संयुक्त आयोगको बैठकमा भाग लिन नेपाल आउँदैछन् ।
बालकुमारी घटनाको छानबिनका लागि उच्चस्तरीय छानबिन समिति बन्ने
काठमाडौँ । सरकारले बालकुमारी घटनाको निष्पक्ष छानबिन गर्न उच्चस्तरीय छानबिन समिति गठन गर्ने भएको छ । आइतबार बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकमा यस्तो समिति गठन गर्ने सहमति बनेको हो ।
बालकुमारी घटनाबारे प्रधानमन्त्रीले सत्ता गठबन्धनमा छलफल गर्दै
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बालकुमारी घटनाको विषयमा सत्तारुढ गठबन्धनका दलहरुसँग छलफल गर्दैछन् ।
कांग्रेसको मेलमिलाप दिवसमा रास्वपालाई गएन पत्र,किन गरे रबिलाई बाईपास
काठमाडौं । नेपाली कांग्रेसले ४८ औं राष्ट्रिय एकता र मेलमिलाप दिवस राजनीतिक दलका शीर्ष नेताहरु भेला पारेर मनाउने भएको छ ।
प्रदेशको नाम लुकाएर शुभकामना सन्देश जारी गरेकोमा त्रुटि भएको मुख्यमन्त्रीको स्वीकारोक्ति
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले तमु लोसारका अवसरमा जारी गरेको शुभकामना सन्देश सामाजिक सञ्जालमा विवादित बनेको छ । उनले आफ्नो प्रदेशको नामै उल्लेख नगरी शुभकामना सन्देश जारी गरेका थिए ।
लुम्बिनी प्रदेशसभा विषयगत समिति निर्वाचन स्थगित
बुटवल । लुम्बिनी प्रदेशसभाका विषयगत समितिका सभापतिको निर्वाचन स्थगित भएको छ ।
बालकुमारी घटना को बिरोधमा सुर्खेतमा चर्कियो आन्दोलन, वीरेन्द्रनगरको मुख्य सडक चक्काजाम
बालकुमारी घटना को बिरोधमा सुर्खेतमा चर्कियो आन्दोलन, वीरेन्द्रनगरको मुख्य सडक चक्काजाम
चाबहिलबाट ४ जना अपहरणको आरोपमा पक्राउ
काठमाडौँ । काठमाडौँको चाबहिलबाट रसुवा घर भएका एकजना पुरुषलाई अपहरण गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ । मङ्सिर १० मा भएको भनिएको अपहरण प्रकरण पीडितले प्रहरीलाई खबर गरेपछि मात्रै बाहिरिएको हो ।
बालकुमारी घटना : सरकारले ८ बुँदे माग पूरा नगरेसम्म मृतकका आफन्तले शव नबुझ्ने
काठमाडौँ । शुक्रवार ललितपुरको बालकुमारीमा प्रहरीको गोलीबाट मारिएका दुई युवाको शव नबुझ्ने आफन्तले घोषणा गरेका छन् । आफूहरूले राखेको ८ बुँदे माग पूरा नगरेसम्म शव नउठाउने मृतक सुजन राउतका मामा टेकबहादुर बुढाले जानकारी दिए ।
राष्ट्रिय सभा सदस्य निर्वाचन : सुदूरपश्चिममा माओवादीबाट को–को भए सिफारिस ?
धनगढी । सुदूरपश्चिम प्रदेशबाट राष्ट्रिय सभा सदस्य बनेका ३ जनाको पदावधि फागुनमा सकिँदैछ । नेकपा माओवादी केन्द्रबाट राष्ट्रिय सभा सदस्य बनेका हरिराम चौधरी उत्सव (कैलाली), महेश महरा (डडेल्धुरा) र नेकपा एमालेबाट राष्ट्रिय सभा सदस्य बनेकी इन्दु कडरिया (कञ्चनपुर)को पदावधि सकिन लागेको हो ।