पाटन अस्पतालमा बिरामीको मृत्यु प्रकरण : औषधिका कारणले मृत्यु नभएको रिपोर्ट
काठमाडौँ । पाटन अस्पतालमा इन्जेक्सनमार्फत औषधि चलाइएको केही समयपछि दुई जनाको मृत्यु भएको भनिए पनि औषधिका कारणले मृत्यु नभएको रिपोर्ट आएको छ । गत कात्तिक १८ गते अस्पतालमा ज्येष्ठ नागरिक वार्डमा दुई जनाको मृत्यु भएको थियो ।
सुन लुकाएर ल्याउने श्रीलंकन महिला त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ
काठमाडौं । दुबईबाट अवैध सुन ल्याउने महिला श्रीलंकन नागरिक भएको खुलेको छ । गएराति १ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ४५ वर्षीया श्रीलंकन महिला कान्ति माथी कावास्कर पक्राउ परेकी हुन् ।
दक्ष जनशक्तिलाई स्वदेशमा फर्काउने नीति ल्याउनुपर्छ : पूर्वप्रधानन्यायाधीश कार्की
काठमाडौँ । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले युवा शक्तिलाई स्वदेशमै रोजगारको व्यवस्था गर्न राज्यले ‘विशेष पहल’ गर्नुपर्ने बताएकी छिन् ।
सप्तरीमा स्रोत नखुलेको पाँच लाख भारुसहित एक भारतीय नागरिक पक्राउ
सप्तरी । सप्तरीबाट प्रहरीले स्रोत नखुलेको पाँच लाख ३० हजार भारतीय रुपैयाँसहित एक भारतीय नागरिकलाई आज पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सप्तरीले आज पत्रकार सम्मेलन गरी राजगढ गाउँपालिका–२ झौराचोकबाट पक्राउ परेका भारत मधुवनी भरफोर ग्राम पञ्चायत–३ सुब्बाटोलका २५ वर्षीय सञ्जयकुमार यादवलाई नगदसहित सार्वजनिक गरेको हो ।
भारतीय दूतावासलाई रकम बाँड्न दिनु लज्जाजनक तथा राष्ट्रिय हित विरुद्ध भएको चित्रबहादुर केसीको भनाई
राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले शनिबार एक विज्ञप्ति जारी गरी यो सम्झौता सार्वभौमसत्ता सम्पन्न र स्वतन्त्र मुलुकका लागि लज्जाजनक तथा राष्ट्रियहित विरुद्ध रहेको बताएका छन् ।
राष्ट्रिय सभा निर्वाचनमा भागबन्डा टुङ्ग्याउन बालुवाटारमा गठबन्धनको बैठक जारी
काठमाडौँ । राष्ट्रिय सभा निर्वाचनबारे छलफल गर्न गठबन्धन दलको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी रहेको छ । आजको बैठकले राष्ट्रिय सभामा कुन दलले कति सिट पाउने भन्ने टुङ्गो लगाउने बताइएको छ ।
सर्लाहीको वरहथवामा मृत्यु भएका साहको परिवारलाई १० लाख दिने सरकारको निर्णय
काठमाडौँ । सरकारले सर्लाहीको बरहथवामा प्रदर्शनका क्रममा भएको झडपमा मृत्यु भएका जयशंकर साहको परिवारलाई राहतस्वरुप दश लाख रुपैयाँ उपलब्ध गराउने भएको छ । शनिवार गृहमन्त्रालयले एक विज्ञप्ति जारी गरी सो घटनामा मृत्यु भएका साहको परिवारलाई राहतस्वरुप दश लाख रुपैयाँ उपलब्ध गराउने जानकारी दिएको हो ।
उच्च अदालतमा ३९ जना न्यायाधीश नियुक्ति
काठमाडौं । न्यायपरिषदले उच्च अदालतमा ३९ जना न्यायाधीश नियुक्त गरेको छ ।
प्रधानमन्त्री कप महिला टी-२० - कोशीलाई हराउंँदै एपिएफ बन्यो च्याम्पियन
काठमाडौ । सशस्त्र प्रहरी बलको एपिएफ क्लबले प्रधानमन्त्री कप महिला टी-२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ। बुधबार कीर्तिपरस्थित त्रिवि मैदानमा कोशी प्रदेशलाई ११ रनले पराजित गर्दै एपिएफ च्याम्पियन बनेको हो।
जाजरकोट भूकम्प प्रभावित क्षेत्रमा पुनर्निर्माण गर्न करिब ८० अर्ब खर्च लाग्छ : अर्थमन्त्री
काठमाडौँ । अर्थमन्त्री प्रकशशरण महतले जाजरकोट भूकम्प प्रभावित क्षेत्रमा भौतिक संरचना पुनर्निर्माण गर्न करिब ७५ देखि ८० अर्ब रुपैयाँ खर्च हुने प्रारम्भिक अनुमान गरिएको बताएका छन् ।