काठमाडौँ न्यूरोडबाट करिब ७ किलो अवैध सुन सहित एक जना पक्राउ
काठमाडौँ । राजधानीको न्यूरोडबाट करिब ७ किलो अवैध सुन बरामद भएको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले कैलाली घर भई नागार्जुन बस्ने पदम पाण्डेलाई पक्राउ गरेको छ ।
गृहमन्त्री श्रेष्ठलाई भेट्न प्रधानमन्त्री अस्पताल पुगे
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई भेटेर स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।
त्रिविको प्रशासनिक र शैक्षिक कार्यक्रम रोक्ने कर्मचारी संघको चेतावनी
काठमाडौं । त्रिभुवन विश्वविद्यालयका कर्मचारीहरुले आफ्ना ४५ बुँदे माग पूरा नभए कामकाज ठप्प पार्ने चेतावनी दिएका छन् । त्रिभुवन विश्वविद्यालय कर्मचारी संघले माग पूरा नभए दीक्षान्त समारोह नै हुन नदिने चेतावनी सहितको विज्ञप्ति जारी गरेको छ ।
स्रोत नखुलेको गरगहना र रकमसहित एक जना पक्राउ
धुलिखेल । काभ्रेपलाञ्चोक जिल्लाको बनेपाबाट खरिदको स्रोत नखुलेका गरगहना र रकमसहित एक जनालाई पक्राउ गरिएको छ ।
नेपाल कम्युनिस्ट पार्टीद्वारा विप्लव, प्रकाण्ड पक्राउ पुर्जीको विरोध गर्दै संघर्षको घोषणा
काठमाडौँ । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले अदालतबाट भएको पक्राउ पुर्जीको विरोधमा संघर्षको घोषणा गरेको छ । मंगलबार एक विज्ञप्ति जारी गर्दै महासचिव विप्लवले पक्राउ पुर्जी गरिनु गैरकानूनी, अराजक र विध्वंसात्मक कार्य भएको बताएका छन् ।
राहुल महरालाई सुन तस्करी छानबिन समितिले बयानका लागि बोलायो
काठमाडौं । सुन तस्करी प्रकरणको छानबिनका लागि सरकारले गठन गरेको उच्चस्तरीय समितिले पूर्वसभामुख कृष्णबहादुर महराका छोरा राहुललाई बयानका लागि बोलाएको छ ।
नौ स्थानीय तहले अझै बजेट पेस गरेनन्
काठमाडौँ । देशभरका ७ सय ५३ वटा स्थानीय तहमध्ये नौ वटाले अझैसम्म बजेट पेस गर्न सकेका छैनन् । बजेट पेस गर्न नसक्ने अधिकांश स्थानीय तह मधेस प्रदेशका छन् ।
एनसेल कार्यालय अगाडि अनेरास्ववियुले प्रदर्शन गर्ने
काठमाडौँ । नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुले एनसेल कार्यालय अगाडि विरोध प्रदर्शन गर्ने भएको छ।
रुसद्वारा युक्रेनमा १८ ड्रोन तथा एक क्षेप्यास्त्र आक्रमण
किएभ । युक्रेनको हवाई सेनाले उसले सोमबार रुसले हमला गरेका इरानमा निर्मित सहिद ड्रोनहरूमध्ये १८ ड्रोन र एउटा क्षेप्यास्त्रलाई खसाएको बताएको छ ।
रुसी सेनामा भर्ती भएका नेपाली युक्रेनमा बन्धक
काठमाडौँ । रुसी सेनामा भर्ती भएका नेपाली नागरिक युक्रेनमा बन्धक रहेको सरकारले जनाएको छ । सोमबार एक विज्ञप्ति जारी गर्दै परराष्ट्र मन्त्रालयले रुसी सेनामा भर्ती भएका एक नेपाली नागरिक युक्रेनमा बन्धक रहेको प्रष्ट पारेको हो ।