जुवा खेलिरहेको अवस्थामा ललितपुरबाट १५ जना पक्राउ
ललितपुर । ललितपुरमा जुवा खेलिरहेको अवस्थामा १५ जना पक्राउ परेका छन् । कोन्ज्योसोम गाउँपालिका-१ तिमलडाँडा बस्ने श्याम तामाङको घरमा जुवा खेलिरहेको अवस्थामा सोही गाउँपालिका - १ बस्ने २३ वर्षीय सोमराज घ्यावासमेत १५ जनालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको हो ।
कोप-२८ बाट फर्केर प्रधानमन्त्रीको पत्रकार सम्मेलन, ३१ जना यात्रुहरू छुटेकोप्रति गरे दुःख व्यक्त
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो यूएई भ्रमण अभूतपूर्वरूपमा सफल भएको दाबी गरेका छन् । उनले सम्मेलन अवधिभर ३-४ दिनसम्म सबैले नेपालकै चर्चा र प्रशंसा गरेको बताए ।
वैद्य माओवादीद्वारा मिनभवनस्थित गणेश अवालेको जग्गा कब्जा
काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले काठमाडौँको मिनभवनस्थित गणेश अवालेको जग्गा कब्जा गरेको छ । क्रान्तिकारी कम्युनिस्ट पार्टी काठमाडौँले अवालेको चार रोपनीभन्दा बढी उक्त जग्गा भूमाफियाहरुले षड्यन्त्रपूर्ण तरिकाले कब्जा गरेको भन्दै झण्डा गाडेर नियन्त्रणमा लिएको घोषणा गरेको छ ।
कोशी प्रदेशका तीन मन्त्रीहरूको जिम्मेवारी तोकियो
विराटनगर । कोशी प्रदेशका तीन मन्त्रीहरूको जिम्मेवारी तोकिएको छ । मन्त्रीमण्डलमा रहेका माओवादी केन्द्रका गणेश उप्रेती, नेकपा (एकीकृत समाजवादी) का कमलप्रसाद जबेगु र कांग्रेसका शमशेर राईले मन्त्रालयको जिम्मेवारी पाएका हुन् ।
एमालेको सङ्कल्प यात्राको टोली सुदूरपश्चिमबाट कर्णाली प्रवेश
काठमाडौँ । एमालेको ‘झुलाघाट चिवाभञ्ज्याङ, समृद्धिका लागि सङ्कल्प यात्रा’ सुदूरपश्चिमबाट कर्णाली प्रदेश प्रवेश गरेको छ । मङ्सिर १४ गते बैतडीको झुलाघाटबाट शुरु भएको यात्रा सुदूरपश्चिमका विभिन्न जिल्लामा कार्यक्रम सकेर आइतबार अछामबाट दैलेख जिल्ला प्रवेश गरेको हो ।
सम्बन्धित पालिकाहरूबाटै सडक बत्तीको महसुल बक्यौता असुलउपर गर्न निर्देशन
काठमाडौँ । अर्थ मन्त्रालयले सडक बत्तीको महसुल बक्यौता सम्बन्धित पालिकाहरूबाटै असुलउपर गर्न नेपाल विद्युत् प्राधिकरणलाई निर्देशन दिएको छ ।
फागुन १ मा राजाको हातबाट बत्ती बालेर गणतन्त्र फाल्छौँ : दुर्गा प्रसाईं
काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईँले फागुन १ मा ‘राजाको हात’बाट बत्ती बालेर गणतन्त्र फाल्ने चेतावनी दिएका छन् ।
नेपाल एयरलायन्स कर्मचारीले गरे आन्दोलन सुरू, कार्यकारी अध्यक्षलाई कार्यालय प्रवेश निषेध
काठमाडौं । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमका कार्यकारी प्रमुख युवराज अधिकारीको बर्खास्तीको माग राख्दै कर्मचारीले आन्दोलन सुरू गरेका छन् । एयरलाइन्स डुबाउन लागेको भन्दै कर्मचारीहरूले गेटमै धर्ना दिएर अधिकारीलाई प्रवेश निषेध गरेका छन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुको ह्याण्डब्यागमा लाग्यो आगो
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्र एक यात्रुको ह्याण्डब्यागमा आगो लागेको छ ।
फिलिपिन्समा ७.६ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प
मनिला । पूर्वी फिलिपिन्सको मिन्डानाओ टापुमा शनिबार ७.६ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प गएको अमेरिकी भौगर्भिक सर्भेले जनाएको छ ।