विमानस्थलबाट फेरि साढे ६ किलो सुन बरामद
काठमाडौँ । त्रिभुवन विमानस्थल भन्सार कार्यालयले शनिवार राति पुनः साढे ६ किलो सुन बरामद गरेको छ । दुबईबाट अवैधरुपमा ल्याइएको सुन गएराति विमानस्थल भन्सार कार्यालयले बरामद गरेको हो ।
लुम्बिनी प्रदेश निजामती ऐन प्रमाणीकरण
बुटवल । लुम्बिनी प्रदेश प्रदेश निजामती सेवाको गठन सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रमाणीकरण गरिएको छ ।
एनसेलको सेयर बिक्री रोक्न उच्च अदालत पाटनको अल्पकालीन आदेश
काठमाडौं । उच्च अदालत पाटनले दूरसञ्चार सेवा प्रदायक एनसेलको सेयर बिक्री नगर्नु नगराउनू भनी कम्पनी रजिस्ट्रार कार्यालयका नाममा अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।
काठमाडौँ महानगरले कर्मचारी आवश्यकताको पर्चा बाँड्नेलाई तिरायो ५ हजार जरिवाना
कर्मचारी आवश्यकता भन्दै पर्चा बाँड्नेलाई काठमाडौँ महानगरपालिकाले ५ हजार रुपैयाँ जरिवाना तिराएको छ । काठमाडौँ महानगर प्रहरीले कलंकीमा कर्मचारी आवश्यकताको पर्चा बाँड्दै गरेका सन्देश आले मगरलाई ५ हजार रुपैयाँ जरिवाना तिराएको हो ।
संसद सचिवालयका उपसचिवले शाखा अधिकृतलाई हाने झापड
संघीय संसद सचिवालयका एक कर्मचारीमाथि उनकै सहकर्मीले हातपात गरेका छन् ।
पोर्चुगलका प्रस्तावित राजदूत र सर्वोच्चका प्रस्तावित न्यायाधीशविरुद्ध ११ वटा उजुरी
काठमाडौँ । पोर्चुगलका लागि प्रस्तावित आवासीय राजदूत र सर्वोच्च अदालतका लागि सिफारिस ६ जना न्यायाधीशहरुविरुद्ध ११ वटा उजुरी परेको छ ।
चीनबाट ल्याइएको ५६ कार्टुन मूर्तिमा सुन लेपनको आशंका, ल्यावमा परीक्षण हुँदै
काठमाडौं । चीनबाट ल्याइएको ५६ कार्टुन मूर्तिमा सुन भएको आशंकापछि परीक्षणका लागि पठाइएको छ । १ हप्ताअघि नै त्रिभुवन विमानस्थल भन्सार कार्यालयले सुनको आशंकामा ती मूर्ति भन्सार कार्यलयको ल्यावमा परीक्षण गर्न पठाएको हो ।
अर्थतन्त्र सुधारका लागि नयाँ घोषणाको तयारीमा छु : प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अर्थतन्त्रमा सुधारका लागि केही नयाँ घोषणा गर्ने तयारीमा रहेको बताएका छन् ।
शरणार्थी प्रकरणका सन्दीप रायमाझीसहित ६ जना रिहा
काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न ६ जना कारागारबाट रिहा भएका छन् । उच्च अदालत पाटनले तोकेको धरौटी बुझाउने ५ जना र साधारण ताखेरमा छाड्न आदेश भएका आशिष बुढाथोकी छुटेका हुन् ।
विप्लवको पार्टीले पक्राउ पुर्जीविरुद्ध पुत्ला दहन गर्दै
काठमाडौँ । नेत्रविक्रम चन्द विप्लव लगायत नेताविरुद्ध पक्राउ पुर्जी जारी गरेको विरोधमा नेपाल कम्युनिस्ट पार्टीले न्यायाधीशको पुत्ला दहन गर्ने भएको छ ।