बबरमहलमा पैदलयात्रु आफैंले ट्राफिक लाइट बालेर बाटो काट्न सक्ने
काठमाडौं । काठमाडौंको बबरमहलमा पैदलयात्रु आफैंले बटन थिचेर ट्राफिक लाइट बाल्ने प्रविधि प्रयोगमा आउँदै छ । ‘पेलिकन क्रसिङ’ भनिने यस प्रकारको ट्राफिक लाइट आज बिहान १० बजेदेखि सञ्चालनमा ल्याइँदै छ ।
भूकम्प पीडित चिसोले मरिरहेका छन्, सरकार दुर्गा प्रसाईंसँग भिडिरहेको छ
काठमाडौं । गत १७ असोजको मध्यरात गएको भूकम्पबाट जोगिएपनि बोरकोट गाउँपालिका–६, जाजरकोटका वीरबहादुर कामी चिसोबाट बच्न सकेनन् । ६६ वर्षीय वीरबहादुरको चिसोकै कारण २६ कात्तिकमा मृत्यु भयो ।
लोक सेवा परिक्षामा पाँच लाखले फाराम भरे, तीन हजार पास
आर्थिक वर्ष २०७९र०८० मा आन्तरिक र खुला तर्फ ४ लाख ८३ हजार २ सय ३ जना व्यक्तिले लोक सेवा आयोगको परिक्षा दिन अनलाइन प्रणालीमार्फत दरखास्त दिएका थिए ।
हेटौंडाबाट एमालेको जुलुस सुरु, किन लगाए यस्ता नारा ?
मकवानपुर । हेटौंडामा एमालेको जुलुस, लागिरहेको थियो, अनेमासंघको महिलाहरुले यस्ता नाराहरु लेखेका प्लेकार्ड बोकेर हिंडिरहेका थिए, जसमा लेखेका छन्, महिलालाई घरेलु साधन नठान, महिला हिंसा बन्द गर, भन्ने नाराहरु लागिरहेको थिए, १६ दिने अभियानमा महिलाहरुले महिला हिंसा विरुद्धको अभियान सुरु गर्ने जनाएका छन् ।
सरकारी कर्मचारीलाई आएको छात्रवृत्ति छोरीलाई दिलाएको भन्दै पौड्यालविरुद्ध उजुरी
काठमाडौँ — क्यानडाका लागि नेपालको राजदूतमा सिफारिस भएका भरतराज पौड्यालविरुद्व संसदीय समितिमा उजुरी परेको छ । हाल परराष्ट्र मन्त्रालयको सचिव रहेका पौड्याललाई मन्त्रिपरिषद्ले ३ कात्तिकमा क्यानडाका लागि राजदूतमा सिफारिस गर्ने निर्णय गरेको थियो ।
रास्वपाको ध्यान मधेशमा, तीन दिने केन्द्रीय बैठकदेखि सभा भेला
काठमाडौं । संसदको चौथो दल राष्ट्रिय स्वतन्त्र पार्टी मधेश केन्द्रित भएको छ । मंसिर ८, ९ र १० गते सभा, अन्तक्रिया तथा नागरिकसँग भेटघाट गरेको रास्वपाले सोमबारदेखि तीन दिनसम्म केन्द्रीय समिति र संसदीय दलको बैठक मधेशमै गर्दैछ ।
२४ घण्टा नै खुल्न थाल्यो त्रिविको पुस्तकालय
काठमाडौं , त्रिभुवन विश्वविद्यालय केन्द्रीय पुस्तकालय २४सै घण्टा सञ्चालनमा आएको छ । विद्यार्थीलाई पठन संस्कृतिमा सहज बनाउनका लागि पुस्तकालय २४ घण्टा नै सञ्चालनमा ल्याइएको हो ।
पौडेलको नेतृत्वमा जाजरकोटमा १०० अस्थायी आवास निर्माण सम्पन्न
काठमाडौँ । नेपाली कांग्रेसका नेता प्रदीप पौडेलको नेतृत्वमा जाजरकोट पुगेको टोलीले स्थानीयका १०० अस्थायी आवासको आधारभूत संरचना निर्माण सम्पन्न गरेको छ ।
छुवाछूत कसुरमा वडाध्यक्षलाई कैद
कास्की । पोखरा महानगरपालिका–२४ का वडाध्यक्ष भरतबहादुर अधिकारीलाई जिल्ला अदालत कास्कीले साढे चार महिना कैद र रु ७५ हजार जरिवानाको फैसला गरेको छ ।
सुरक्षा निकाय रिपोर्टमा प्रसाईंको कार्यक्रममा ९ हजार प्रदर्शनकारी
काठमाडौँ । काठमाडौँमा नेकपा ९एमाले०को भातृ संगठन युवा संघ र मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको समूहले शक्ति प्रदर्शन गरेका छन् ।