उपप्राध्यापक प्रेम चलाउनेमाथि आक्रमण गर्ने ६ जनालाई २ वर्ष कैद
काठमाडौं । जिल्ला अदालत काठमाडौंले त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेमाथि आक्रमण गर्ने ६ जनालाई २ वर्ष कैद सजाय सुनाएको छ ।
बल्खु झडपमा केही प्रदर्शनकारी घाइते
काठमाडौँ । राजधानीको बल्खुमा प्रहरी र प्रदर्शनकारीबिच भएको झडपमा केही प्रदर्शनकारी घाइते भएका छन् ।
प्रहरी र दुर्गा प्रसाईंका कार्यकर्ताबिच बल्खुमा पुन : झडप
काठमाडौँ । राजधानीको बल्खुमा पटक पटक दुर्गा प्रसाईंका कार्यकर्ता र प्रहरीबिच झडप भएको छ । दुर्गा प्रसाईंका कार्यकर्ताले प्रहरीमाथि इँटा र ढुंगा प्रहार गरेका छन् भने प्रहरीले अश्रुग्यास र पानीको फोहोरा प्रयोग गरेको छ ।
बल्खुमा झडप,प्रहरीद्वारा अश्रुग्यास र पानीको फोहोरा प्रहार
काठमाडौं । ललितपुरको बल्खुमा दुर्गा प्रसाईँ नेतृत्वले आयोजना गरेको प्रदर्शनमा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको छ । प्रहरीले अश्रुग्यासँगै पानीकोफोहरा प्रहार गरेको छ ।
नेपाल २-० गोलले यमनसँग पराजित
काठमाडौं । विश्वकप छनोटअन्तर्गतको दोस्रो खेलमा यमनसँग नेपाल २-० गोलले पराजित भएको छ ।
राष्ट्रपति र प्रधानमन्त्री निवास वरपर पनि निषेधाज्ञा
काठमाडौं । जिल्ला प्रशासन कार्यालय, काठमाडौंले महाराजगञ्जस्थित राष्ट्रपति कार्यालय शितलनिवास र प्रधानमन्त्री निवास वालुवाटार वरिपरिको क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेको छ ।
प्रचण्ड-देउवा र ओलीबीच बालुवाटारमा भेटघाट
काठमाडौं - विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर भएको दिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । उनीहरुबीच मंगलबार साँझ बालुवाटारमा भेटवार्ता भएको हो ।
माओवादीसँग पार्टी एकता गर्ने नेसपाको सर्वसम्मत निर्णय
काठमाडौँ । नेपाल समाजवादी पार्टी ९नेसपा०ले माओवादी केन्द्रसँग पार्टी एकता गर्ने सर्वसम्मत निर्णय गरेको छ । मंगलबार केन्द्रीय कार्यालय आलोकनगरमा बसेको नेसपाको कार्यकारिणी बैठकले माओवादीसँग पार्टी एकता गर्ने सर्वसम्मत निर्णय गरेको हो ।
नृपध्वज निरौला उच्च अदालत पाटनको मुख्य न्यायाधीशमा सरुवा
काठमाडौँ । उच्च अदालत पाटनको मुख्य न्यायाधीशमा नृपध्वज निरौलाको सरुवा भएको छ । उच्च अदालत दिपायलमा मुख्य न्यायाधीश रहेका निरौलालाई उच्च अदालत पाटनमा सरुवा गरिएको हो ।
टिकटक प्रतिबन्ध बिरुद्धमा सर्वोच्चले दिएन अन्तरिम आदेश
काठमाडौं । सर्वोच्च अदालतले टिकटक प्रतिबन्ध लगाउने सरकारको निर्णय कार्यान्वयनमा रोक लगाउन अस्वीकार गरेको छ । न्यायाधीश विनोद शर्माको इजलासले रिट निवेदकको माग अनुसार सरकारको निर्णय कार्यान्वयनमा रोक लगाउन अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।