नेपाल र भारतले भोलि ३ वटा प्रसारण लाइन संयुक्त रुपमा उद्घाटन गर्ने
काठमाडौँ । भारतीय विदेशमन्त्री एस जयशंकर र परराष्ट्र मन्त्री एनपी साउदले भोलि १३२ केभीएका तीनवटा प्रसारण लाइनको संयुक्त रुपमा उद्घाटन गर्ने भएका छन् । विदेशमन्त्री जयशंकर भोलिदेखि नेपाल–भारतबिच हुने संयुक्त आयोगको बैठकमा भाग लिन नेपाल आउँदैछन् ।
बालकुमारी घटनाको छानबिनका लागि उच्चस्तरीय छानबिन समिति बन्ने
काठमाडौँ । सरकारले बालकुमारी घटनाको निष्पक्ष छानबिन गर्न उच्चस्तरीय छानबिन समिति गठन गर्ने भएको छ । आइतबार बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकमा यस्तो समिति गठन गर्ने सहमति बनेको हो ।
बालुवाटारमा गठबन्धनका शीर्ष नेताहरूको बैठक
काठमाडौं । सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठक बालुवाटारमा बसिरहेको छ । राष्ट्रियसभा निर्वाचनलगायत पछिल्ला समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल गर्नको लागि बैठक बसेको हो ।
राष्ट्रियसभा निर्वाचनमा गठबन्धन गर्ने कांग्रेसको निर्णय
काठमाडौँ । नेपाली कांग्रेसले आसन्न राष्ट्रियसभा निर्वाचनमा गठबन्धन गरेर जाने निर्णय गरेको छ । पार्टी कार्यालय सानेपामा शनिबार सम्पन्न केन्द्रीय समिति बैठकले राष्ट्रियसभा निर्वाचनमा गठबन्धन गर्ने निर्णय गरेको हो ।
कांग्रेसले स्वच्छ छवि भएका र कुनै अवसर नपाएकालाई राष्ट्रियसभामा ल्याउने
नेपाली कांग्रेसले राष्ट्रियसभाको निर्वाचनमा यसपटक नयाँलाई अवसर दिने निर्णय गरेको छ ।
बालकुमारी घटनाबारे प्रधानमन्त्रीले सत्ता गठबन्धनमा छलफल गर्दै
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बालकुमारी घटनाको विषयमा सत्तारुढ गठबन्धनका दलहरुसँग छलफल गर्दैछन् ।
समाजवादी युवा संघको दुई प्रदेश समिति पुनर्गठन
काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालनिकट समाजवादी युवा संघका दुईवटा प्रदेश समिति पुनर्गठन भएका छन् । संगठनको लुम्बिनी प्रदेश समिति र कोसी प्रदेश समिति शनिबार पुनर्गठन भएको प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।
कांग्रेसको मेलमिलाप दिवसमा रास्वपालाई गएन पत्र,किन गरे रबिलाई बाईपास
काठमाडौं । नेपाली कांग्रेसले ४८ औं राष्ट्रिय एकता र मेलमिलाप दिवस राजनीतिक दलका शीर्ष नेताहरु भेला पारेर मनाउने भएको छ ।
प्रदेशको नाम लुकाएर शुभकामना सन्देश जारी गरेकोमा त्रुटि भएको मुख्यमन्त्रीको स्वीकारोक्ति
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले तमु लोसारका अवसरमा जारी गरेको शुभकामना सन्देश सामाजिक सञ्जालमा विवादित बनेको छ । उनले आफ्नो प्रदेशको नामै उल्लेख नगरी शुभकामना सन्देश जारी गरेका थिए ।
लुम्बिनी प्रदेशसभा विषयगत समिति निर्वाचन स्थगित
बुटवल । लुम्बिनी प्रदेशसभाका विषयगत समितिका सभापतिको निर्वाचन स्थगित भएको छ ।