सुदूरपश्चिममा माओवादी संसदीय दलको नेता परिवर्तन, खगराज आउट, मान बहादुर ईन
धनगढी । नेकपा माओवादी केन्द्रले सुदूरपश्चिम प्रदेशमा संसदीय दलको नेता परिवर्तन गरेको छ ।
बागमतीमा महिलातर्फ कांग्रेसकी विष्णुकुमारी पुडासैनी विजयी
हेटौंडा । राष्ट्रियसभा निर्वाचनमा बागमती प्रदेशबाट महिला कोटातर्फ कांग्रेसकी विष्णुकुमारी पुडासैनी विजयी भएकी छन् ।
सुदूरपश्चिममा गठबन्धनका तीनैजना विजयी
कैलाली । राष्ट्रियसभा सुदूरपश्चिम प्रदेशमा गठबन्धनका तीनै जना उम्मेदवार निर्वाचित भएका छन् ।
सातै प्रदेशमा राष्ट्रियसभा निर्वाचन जारी
काठमाडौँ । राष्ट्रियसभा सदस्य निर्वाचनअन्तर्गत सातै प्रदेशमा मतदान जारी छ । फागुन २० गतेबाट रिक्त हुन लागेका २० पदमध्ये १९ पदमा आज बिहीबार बिहान नौ बजेबाट सातै प्रदेशमा मतदान भइरहेको हो । १९ पदका लागि ५१ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा उत्रेका छन् ।
कोशी प्रदेश ग्रामथान गाउँपालिका अध्यक्ष बेहोस, मतदान जारी
विराटनगर । राष्ट्रिय सभा सदस्यका लागि कोशी प्रदेशमा मतदान जारी छ । दुई सदस्यका लागि निर्वाचन कार्यालयमा बिहान ९ बजेबाट मतदान सुरु भएको हो ।
टेरामक्स प्रकरण मा जोडिएका मुख्यसचिवसँगअख्तियारले लियो बयान
काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार प्राधिकरणले खरिद गरेको टेरामक्स प्रविधिको अनुसन्धानका क्रममा मुख्यसचिव बैकुण्ठ अर्यालको बयान लिएको छ ।
बैङकले निकाल्यो दिवङ्गत सुवास नेम्वाङको घरजग्गा लिलामीको ३५ दिने सूचना
नेकपा एमालेका दिवङ्गत नेता सुवास नेम्वाङको इलामको घर जग्गा लिलामी सम्बन्धी सूचना प्रकाशित भएको छ ।
एसएसपीमा रमेश बस्नेतलाई बढुवा गर्न सिफारिस
काठमाडौँ । नेपाल प्रहरीका उपरीक्षक (एसपी) रमेश कुमार बस्नेत वरिष्ठ उपरीक्षक (एसएसपी) मा बढुवा सिफारिस भएका छन् ।
प्रधानमन्त्री प्रचण्ड र श्रीलंकाका राष्ट्रपति सिङ्घेबिच भेटवार्ता
कम्पाला । नेपाल सरकारका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र श्रीलंकाका राष्ट्रपति रनिल विक्रमासिङ्घेबिच भेटवार्ता भएको छ। असंलग्न राष्ट्रहरूको आन्दोलन (नाम) का सदस्य राष्ट्रहरूको उन्नाइसौँ सम्मेलनमा भाग लिन युगाण्डाको कम्पाला आउने क्रममा दुई नेतासहितको दुईपक्षीय प्रतिनिधिमण्डलको भेटवार्ता भएको हो।
अदालतको अन्तरीम आदेशपछि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान उपकुलपतिको कार्यकक्ष खुल्यो
सुनसरी । सुनसरीको धरान उपमहानगरपालिकामा रहेको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिको कार्यकक्षमा उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले गरेको तालाबन्दी उच्च अदालत विराटनगरको आदेशपछि खुलेको छ।