पार्टी महासचिव देव गुरुङमाथि पार्टी वैकल्पिक केन्द्रीय सदस्यले लगाए भ्रष्टाचारको आरोप
काठमाडौँ । नेकपा माओवादी केन्द्रका वैकल्पिक केन्द्रीय सदस्य गोरखबहादुर केसीले पार्टी महासचिव देव गुरुङमाथि भ्रष्टाचारको आरोप लगाएका छन् । पार्टीलाई बुझाएको स्पष्टीकरण पत्रमा केसीले महासचिव गुरुङ नै विभिन्न भ्रष्टाचारका काण्डमा मुछिएको आरोप लगाएका हुन् ।
काठमाडौँ महानगरको प्रमुख प्रशासकीय अधिकृतमा राष्ट्रिय योजना आयोगका सहसचिव परियार
काठमाडौँ । सरकारले काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा राष्ट्रिय योजना आयोगका सहसचिव प्रदीप परियारलाई पठाएको छ ।
प्रधानमन्त्री प्रचण्ड (नाम) सम्मेलनमा सहभागी, आजै सम्बोधन
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ असंलग्न राष्ट्रहरुको आन्दोलन (नाम) को उन्नाइसौं सम्मेलनमा सहभागी भएका छन्। बिहीबार युगाण्डाको कम्पाला पुगेको प्रधानमन्त्री प्रचण्ड नेतृत्वको नेपाली प्रतिनिधिमण्डलले शुक्रबार सम्मेलनमा सहभागिता जनाएको हो।
मन्त्रीका स्वकीय सचिव र सल्लाहकार कर्मचारी कोटामा विदेश जान नपाउने
काठमाडौं । राष्ट्रिय सतर्कता केन्द्रले प्रधानमन्त्री, उपप्रधानमन्त्री, मन्त्री, विभिन्न प्रदेशका मुख्यमन्त्री तथा मन्त्रीका स्वकीय सचिव र सल्लाहकारहरुलाई नियम विपरीत विदेश भ्रमणमा जान रोक लगाएको छ ।
रास्वपाले गर्यो गौशाला–२६ को तस्बिर सार्वजनिक गर्ने व्यक्तिलाई पदीय जिम्मेवारीबाट निलम्बन
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टीका एक सदस्यलाई कारबाही गरेको छ ।
एमालेले टीआरसी विधेयक टुंग्याउन दिएन भन्ने गलत प्रचार नगर्न सचेतक बर्तौलाको आग्रह
काठमाडौँ । नेकपा एमालेका सचेतक महेशकुमार बर्तौलाले एमालेले संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयकहरु एमालेले टुंग्याउन दिएन भनेर गलत प्रचार नगर्न आग्रह गरेका छन् ।
माओवादीले टुंगो लगायो ६ जना उम्मेदवार
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गठबन्धनबाट भाग पाएअनुसार राष्ट्रिय सभाका ६ वटै सिटमा उम्मेदवारको नाम टुंगो लगाएको छ। आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पदाधिकारी बैठकले उम्मेदवार टुंगो लगाएको हो ।
कांग्रेस संस्थापनलाई अनुकूल हुने गरी भागबन्डा
सत्तारुढ दलले चार प्रदेशमा क्लष्टर अनुसार भागवण्डामा सहमति जुटाएका छन् ।
पृथ्वीजयन्तीमा राप्रपाको भव्य चियापान कार्यक्रम
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले यही पुस २७ गते ३०२औँ पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा भृकुटीमण्डपमा शुभकामना आदानप्रदान तथा चियापान समारोह आयोजना गर्ने भएको छ।
राष्ट्रियसभामा बाइकट गरेको प्रति जनमत पार्टीको असन्तुष्टि
काठमाडौं । डा. सिके राउत नेतृत्वको जनमत पार्टीले राष्ट्रियसभामा सत्ता गठबन्धनबाट भाग नपाएकोप्रति असन्तुष्टि जनाएको छ। सरकारलाई सुरुदेखि नै समर्थन गरिरहेको जनमतले राष्ट्रियसभाका लागि एक सिट दाबी गरेको थियो।