प्रधानमन्त्रीले असार २८ गते विश्वासको मत लिने
काठमाडौ । प्रधानमन्त्री प्रचण्डले असार २८ गते विश्वासको मत लिने भएका छन् । त्यसका लागि शुक्रबार संसद सचिवालयलाई पत्र पठाइएको छ ।
सुरक्षण मुद्रण सम्बन्धी विधेयक प्रमाणीकरण
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सुरक्षण मुद्रण सम्बन्धी विधेयक प्रमाणीकरण गरेका छन् ।
एमाले कांग्रेसको गठबन्धन उथलपुथल, प्रचण्डको टाउको दुखाई
काठमाडौ । यतिखेर नेपालको राजनितिमा उथलपुथलको अवस्था आएको छ । कसैको चिन्ताले त कसैका खुसीले निन्द्रा हराम भएको छ । मध्यरातमा नेकपा एमालेका अध्यक्ष केपील शर्मा ओली र र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा बिच पालैपालो नेतृत्व गर्ने गरी सत्ता गठबन्धनको सहमति पत्रमा हस्ताक्षर भएपछि बिहानै देखि नेताहरुको दौडधुप चलेको छ । कोही बुढानिलकण्ठ भेटघाटमा दौडेका छन, कहिले प्रधानमन्त्री प्रचण्ड राष्ट्रपति रामचन्द्र पौडेल भेट्न दौडेका छन ।
प्रधानमन्त्री प्रचण्ड राष्ट्रपति भेट्न शीतल निवास जाँदै
काठमाडौ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न शीतल निवास जाने भएका छन्।
प्रचण्ड र ओलीबीच छलफल सकियो
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीचको भेटवार्ता सकिएको छ ।
बालुवाटारमा ३ घण्टादेखि प्रचण्ड-ओली छलफलमा
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच तीन घण्टा लामो समयदेखि छलफल जारी छ । दुई नेता वान टु वान छलफलमा बसेका छन् ।
एकजना पनि मन्त्री उपस्थित नभएपछि प्रतिनिधिसभाको बैठक स्थगित
काठमाडौं । प्रतिनिधिसभाको बैठक सुरू हुनासाथ स्थगित भएको छ ।
संसद्का कर्मचारीको भत्ता बढाउने सहमति
काठमाडौं । आन्दोलनरत संसद् सचिवायलका कर्मचारी र सरकारबीच ७ बुँदे सहमति भएको छ ।
मापदण्ड नबनेसम्म कर्मचारी सरुवामा रोक
काठमाडौं । सरकारले विकृत बेमौसमी सरुवाका निर्णयहरू रोक्न मापदण्ड बनाउन सुरू गरेको छ । मापदण्ड नबनिन्जेल पर्याप्त कारण र आधार नभई अपवादको अवस्थामा बाहेक चालु आर्थिक वर्ष २०८०/८१मा अर्थात् असार महिनाभरी कर्मचारी सरुवा नगर्ने निर्णय पनि ६ असारमा सिंहदरबारमा बसेको सचिव बैठकले गरेको छ ।
प्रधानसेनापतिद्वारा ६१ जना अधिकृतलाई दर्ज्यानी चिह्न प्रदान
काठमाडौँ । प्रधानसेनापति प्रभुराम शर्माले ६१ जना अधिकृतलाई दर्ज्यानी चिह्न प्रदान गरेका छन् ।