नेपाल-चीन शैक्षिक प्रदर्शनी आयोजना हुँदै
काठमाडौँ । नेपाल चीन सांस्कृतिक तथा शैक्षिक परिषद्ले नेपालमा एक दिने शैक्षिक प्रदर्शनी आयोजना गर्ने भएको छ । प्रदर्शनीको असार ४ गते मंगलबार उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ र नेपालका लागि चिनियाँ राजदूत चेन सोङले संयुक्त रूपमा उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।नेपालस्थित चिनियाँ राजदूतावाससँगको सहकार्यमा बौद्धस्थित होटल हायातमा प्रदर्शनीको आयोजना हुनेछ । यसमा निःशुल्क प्रवेशको व्यवस्था मिलाइएको छ ।यस शैक्षिक प्रदर्शनीमा इन्जिनियरिङ, चिकित्साशास्त्र, भाषा, संस्कृति, वाणिज्य, विज्ञान तथा प्रविधि, उड्डयन, खेलकुद, कृषि, औषधिजस्ता विषय अध्यापन गराउने सामान्य तथा विश्व प्रसिद्ध ३१ वटा चिनियाँ विश्वविद्यालय तथा कलेजहरूले भाग लिने छन् । ती प्रत्येक स्टलहरूमा नेपाली विद्यार्थी र तिनका अभिभावकहरूलाई विस्तृत रूपमा चीनमा अध्ययन गर्दा हुने फाइदा, विश्व विद्यालयले उपलब्ध गराउने छात्रवृत्ति लगायतका विभिन्न विषयहरूमा विज्ञहरूले जानकारी दिनेछन् ।पछिल्लो जानकारीअनुसार चीनमा १६० वटा देशका ५ लाख विद्यार्थीहरू विभिन्न विषयमा अध्ययनरत छन् । प्रत्येक वर्ष चीन सरकारले नेपाल सरकारलाई विभिन्न विषयमा २०० वटा भन्दा बढी छात्रवृत्ति प्रदान गर्दै आएको छ ।पछिल्ला दिनमा सरकारी छात्रवृत्ति विद्यार्थी बाहेक सेल्फ फाइनान्सका विद्यार्थीको सङ्ख्या दिनप्रतिदिन बढ्दै गएको छ ।
एमालेको २ दिने महिला भेला सम्पन्न
काठमाडौँ । २१ बुँदे प्रस्ताव पारित गर्दै नेकपा (एमाले) को दुई दिने राष्ट्रिय महिला भेला सम्पन्न भएको छ । भेलाले ‘म हिंसा गर्दिन, हिंसा सहन्न र हिंसाको प्रतिकार गर्छु’ भन्ने नीतिको प्रभावकारी कार्यान्वयनमा अगुवाइको लागि पार्टी नेतृत्वसँग माग गरेको छ ।
राष्ट्रपति पौडेल स्वीटजरल्याण्ड र जर्मनी भ्रमणमा जाने
राष्ट्रपति पौडेल स्वीटजरल्याण्ड र जर्मनी भ्रमणमा जाने
वार्षिक विकास कार्यक्रम र ३ वर्षे मध्यमकालीन खर्च संरचना पारित
काठमाडौं । राष्ट्रिय योजना आयोगको पूर्ण बैठकबाट सरकारको वार्षिक विकास कार्यक्रम र ३ वर्षे मध्यमकालीन खर्च संरचना पारित भएको छ ।
छानबिन समितिको कार्यादेशलाई अन्तिम रूप दिन कार्यदलको बैठक जारी
काठमाडौं । सहकारीको रकम अपचलन भएको विषयमा छानबिन गर्न बनाउने संसदीय समितिको कार्यादेश (टीओआर) मा सहमति जुटाउन कार्यदलको बैठक बसिरहेको छ । कानून मन्त्रालयमा जारी बैठकले टीओआरलाई अन्तिम रूप दिनेछ ।
बजेट भाषण दुई घण्टा पछि सर्यो, ३ बजे हुने
काठमाडौं । मन्त्रिपरिषद बैठक दुई घण्टा पछि सरेको छ ।
गणतन्त्र दिवसमा गृहमन्त्रीले गरे नयाँ नियमको घोषणा,महिला ट्राफिकले महिनावारीका ४ दिन सडकमा ड्युटी गर्नु नपर्ने
काठमाडौँ । उप प्रधान एवं गृहमन्त्री रवि लामिछानेले महिला ट्राफिक प्रहरीलाई महिनावारीका ४ दिन सडकमा ड्युटी नखटाउने घोषणा गरेका छन् ।
तयारी पुरा नभए पछि माधव नेपालले गरे चीन भ्रमण रद्द
चीन । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले यसै साता हुन लागेको चीन भ्रमण रद्द गरेका छन् ।
सिरोहियालाई थप ५ दिन म्याद थप्न सरकारी वकिलको सिफारिस
जनकपुरधाम । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई पुनः ५ दिनको म्याद थप्न सरकारी वकिल कार्यालयले सिफारिस गरेको छ ।
प्रतिनिधिसभा बैठक जेठ १३ सम्मका लागी स्थगित
काठमाडौँ । प्रतिपक्षी दलहरूको अवरोधका बिच शुक्रबारको नीति तथा कार्यक्रममाथिको छलफल बैठक प्रभावित हुन पुगेको छ ।