नालामा बालक मृत फेला
नालामा बालक मृत फेला, मोहन भजनी नदीहरुमा डुबेर धेरै को ज्यान गएको अवस्ताकाठमाडौँ । कैलालीमा एक बालकको शव घर नजिकैको नालामा फेला परेको छ । टीकापुर नगरपालिका–६ का खुशीराम चौधरीका आठ वर्र्षीय छोरा आरबको शव नालामा भेटिएको हो । जिल्ला प्रहरी कार्यालयका अनुसार बालक हिजोबाट बेपत्ता थिए । बालक साँझसम्म घर नआएपछि परिवारले प्रहरीलाई खबर गरेका थिए । खोजी गर्दा आज घर नजिकै नालामा शव भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक कवीन्द्रसिंह बोहराले जानकारी दिनुभयो । यसैगरी, मोहना नदीमा हिजो डुबेर बेपत्ता भएका धनगढी उपमहानगरपालिका–१० का २५ वर्षीय विशाल राना अझै फेला पर्न सकेका छैन्न् । नदी तर्ने क्रममा राना डुबेको जनाइएको छ । नगर प्रहरीसहित सुरक्षाकर्मीको टोलीले हिजोदेखि रानाको खोजीकार्य जारी राखेको छ । बेपत्ता राना अहिलेसम्म नभेटिएको प्रहरी नायब उपरीक्षक बोहराले जानकारी दिनुभयो । यस्तै, भजनी नगरपालिका–८ गोडचौराका अन्दाजी ५५ वर्षीय जयराम डङ्गौराको पानीमा हिंड्ने क्रममा लडेर ज्यान गएको छ । पसलबाट घर फर्कने क्रममा पानीमा हिंडिरहेको बेला डङ्गौरा लडेका जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।
सुदूरपश्चिम प्रदेश मुख्यमन्त्रीमा नेकपा एसलाई सघाउन कांग्रेस तयार
काठमाडौं । नेपाली कांग्रेसले सुदूरपश्चिम प्रदेशमा नेकपा (एकीकृत समाजवादी)लाई मुख्यमन्त्री दिन तयार देखिएको छ ।
मुगुमा अज्ञात व्यक्तिद्वारा बैंकमा तोडफोड
मुगु । मुगुस्थित एनआइसी एसिया बैंकको शाखा कार्यालयमा तोडफोड भएको छ । शनिबार राति ९ः२१ बजे बैंकको मूल ढोका फोडेर एक जना व्यक्ति बैंकभित्र पसेको बैंकको सिसी क्यामेरामा देखिएको छ ।
माओवादी सुदूरपश्चिम समितिमा विवाद, बीना मगरलाई सहइन्चार्ज बनाइएकोमा असन्तुष्टि
काठमाडौँ । वरिष्ठ नेताहरूलाई बाइपास गरी केन्द्रीय सदस्य बीना मगरलाई सह-इन्चार्ज बनाएको भन्दै नेकपा माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश समितिमा विवाद देखिएको छ ।
सुदूरपश्चिममा माओवादी संसदीय दलको नेता परिवर्तन, खगराज आउट, मान बहादुर ईन
धनगढी । नेकपा माओवादी केन्द्रले सुदूरपश्चिम प्रदेशमा संसदीय दलको नेता परिवर्तन गरेको छ ।
राष्ट्रिय सभा सदस्य निर्वाचन : सुदूरपश्चिममा माओवादीबाट को–को भए सिफारिस ?
धनगढी । सुदूरपश्चिम प्रदेशबाट राष्ट्रिय सभा सदस्य बनेका ३ जनाको पदावधि फागुनमा सकिँदैछ । नेकपा माओवादी केन्द्रबाट राष्ट्रिय सभा सदस्य बनेका हरिराम चौधरी उत्सव (कैलाली), महेश महरा (डडेल्धुरा) र नेकपा एमालेबाट राष्ट्रिय सभा सदस्य बनेकी इन्दु कडरिया (कञ्चनपुर)को पदावधि सकिन लागेको हो ।
काठमामडौं – सुदूरपश्चिम प्रदेश कमिटीको नयाँ नेतृत्वका लागि नेताहरूले सहमतिको प्रयास गरेका छन् ।
काठमामडौं – सुदूरपश्चिम प्रदेश कमिटीको नयाँ नेतृत्वका लागि नेताहरूले सहमतिको प्रयास गरेका छन् । पार्टी अध्यक्ष केपी शर्मा ओली सहमतिका आधारमा नेतृत्व चयन गर्न निर्देशन दिएर काठमाडौँ फर्किएपछि नेताहरु सहमतिको प्रयामा लागेका हुन् ।ओली पार्टी महासचिव शंकर पोखरेललाई अधिवेशनको अभिभारा दिएर काठमाडौं फर्किएका थिए । ओली फर्किएपछि महासचिव पोखरेलले सहमतिको वातावरण बनाउन नेताहरुसँग छलफल गरिरहेका छन् ।धनगढीको रुवस होटलमा बसेका पोखरेलले आइतबार नेताहरुसँग छलफल गर्न थालेपछि आइतबार साँझ बन्द सत्र सुरु हुन सकेन ।‘महासचिव ज्यूले अहिले सुदूरपश्चिमबाट केन्द्रीय कमिटीमा प्रतिनिधित्व गर्ने पदाधिकारी तथा सदस्य ज्यूहरुसँग राय सुझाव लिइरहनुभएको छ । सोही कारण आइतबार बन्द सत्र सुरु हुन नसकेको हो,’ एमालेका एक नेताले भने ।उद्घाटन सत्रलाई सम्बोधन गर्ने क्रममासमेत ओलीले सहमति गरेर नेतृत्व चयन गर्न भनेका थिए ।अध्यक्षमा आकांक्षा राखेका कमल तिमिल्सिना, कृष्णप्रसाद जैशी र वचनबहादुर सिंहलाई सँगै राखेरसमेत ओलीले नेतृत्वको निर्देशन पालन गर्न भनेका थिए, तीन जना आकांक्षी मध्ये एक जनालाई केन्द्रीय कमिटीमा पठाउने र दुई जनालाई प्रदेश कमिटीको पदाधिकारी हुने गरी व्यवस्थापन गर्न सकिने विकल्पमा छलफल चलिरहेको नेताहरु बताउँछन् ।बन्द सत्र आज बिहान ८ बजेदेखि सुरु गर्ने तय गरिएको थियो । तर, नेताहरू सहमतिको प्रयासमा लागेपछि सुरु हुने अनिश्चित भएको छ ।
भूकम्पमा परी घाइते भएकाहरुको उपचार प्रदेश सरकारले बेहोर्ने निर्णय
भूकम्पमा परी घाइते भएकाहरुको औषधोपचार सुदूरपश्चिम सरकारले गर्ने भएको छ ।
सल्यानमा मृत भेटिएका आमा-छोरीको हत्या भएको पुष्टि
सल्यानमा घरमा आगो लागेर आमा छोरीको भेटिएको शव अन्तत हत्या भएको ठहरिएको छ । भदौ ३० गते बिहान त्रिवेणी गाउँपालिका(२ मा ३२ वर्षीय रेवती थापा र उनकी ९ महिनाकी छोरी ऋतुको शव फेला परेको थियो। आफ्नै घरको कोठामा उनीहरूको शरीर आधा जलेको अवस्थामा फेला परेको थियो।
कञ्चनपुरमा अर्को एक स्वास्थ्यकर्मी माथि हातपात
कञ्चनपुरको बेलौरी नगरपालिकामा फेरी एक स्वास्थ्यकर्मी माथि हातपात भएको छ । नगरपालिका स्थित श्रीपुर प्राथमिक स्वास्थ्य केन्द्रमा मंगलबार राति ड्युटीमा खटिएका अहेब नरेन्द्रप्रसाद गैरेमाथि हातपात भएको हो ।