• २० माघ २०८१, आइतबार
  • Sun, 02 Feb 2025
गोरखापत्र
गोरखापत्र

कोशी सरकारविरुद्धको रिटमा आजै आदेश आउने गरी सुनुवाइ सकियो

लेखक: बि.एम.एन. न्यूज
blog

गोरखापत्र

२७ असार, काठमाडौँ । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापा नेतृत्वको सरकार अवैधानिक भन्दै दायर रिटमाथिको सुनुवाइ सकिएको छ । सुनुवाइ सकिएकाले बुधबार नै आदेश आउने सर्वोच्च अदालत स्रोतले बताएको छ । न्यायाधीश सपना प्रधान मल्लको इजलासमा परेको रिटमाथि खाजा समयपछि सुनुवाइ सुरु भएको थियो । अपरान्ह ४ः३० बजे सुनुवाइ सकिएको छ । 

एमाले नेतृत्वको सरकार अल्पमतामा परेपछि भएको मत विभाजनमा सत्तारुढ नेतृत्व र एमाले नेतृत्वले बराबर मत ल्याएको थियो । त्यसपछि सभामुख बाबुराम गौतमको मतबाट सत्तारुढ गठबन्धन बहुमतमा रही सरकार गठन गरेपछि विपक्षमा पुगेको एमालेले सरकार गठनविरुद्ध सर्वोच्चमा रिट दर्ता गराएको थियो । 

 एमालेका तर्फबाट निवर्तमान मुख्यमन्त्री हिक्मत कार्कीले असार २२ गते शुक्रबार वारेसमार्फत् सर्वोच्चमा रिट दर्ता गराएका । नेकपा एमालेका तर्फबाट कोशी प्रदेशमा संसदीय दलका नेतासमेत रहेका कार्कीले नवनिर्वाचित मुख्यमन्त्री उद्धव थापा, प्रदेश प्रमुख पर्शुराम खापुङ र सभामुख बाबुराम गौतमलाई विपक्षी बनाएर रिट दर्ता गरेका थिए । 

कार्कीले आफ्नो रिटमा संविधानको धारा १६८ ९२० बमोजिम सरकार गठन गर्दा सभामुखलाई समेत समावेश गरिनु संविधान विपरीतको कार्य भएको दावी गरेका थिए । संविधानको धारा १६८ को उपधारा २ मा प्रदेशसभामा कुनै पनि दलको स्पष्ट बहुमत नरहेको अवस्थामा प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुई भन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभाको सदस्यलाई प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गर्नसक्ने व्यवस्था छ ।

थापा चार दलको समर्थनमा गत बिहीबार मुख्यमन्त्री नियुक्त भएका थिए । थापाले आफ्नो बहुमत नपुग्ने भएपछि सभामुख बाबुराम गौतमको अलग्गै हस्ताक्षर गराएर प्रदेश प्रमुखसमक्ष दावी पेश गरेका थिए । 

निवर्तमान मुख्यमन्त्री कार्कीले असंवैधानिक रूपमा नियुक्त भएका मुख्यमन्त्रीको नियुक्ति बदर गरी धारा १६८ को उपधारा ३ बमोजिम प्रदेश सभामा सबैभन्दा ठूलो दलको संसदीय दलको नेताको हैसियतमा आफूलाई मुख्यमन्त्री नियुक्तिको लागि परमादेशको समेत माग गरेका छन् ।

Author
बि.एम.एन. न्यूज

BMN News for up-to-the-minute news, breaking news, video, audio and feature stories.

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?
गोरखापत्र

लेखक बाट थप

slider

दुई किशोरी मृत फेला

जंगल क्षेत्रमा शनिबार साँझ दुई किशोरी ​मृत भेटिएका हुन्

slider

क्रान्तिकारीको केन्द्रीय अनुशासन आयोगको अध्यक्षमा अमिरराज खरेलले जित्ने आधारहरु यस्तो !

२०६४ सालदेखि ललितपुरमा रहेर पाटन संयुक्त क्याम्पसबाट राजनीति सुरुवात गरेका खरेलले पाटन क्याम्पस कमिटिको अध्यक्ष, ललितपुर जिल्ला समितिको संयोजक र अध्यक्ष समेत भएर काम गरिसकेका छन् ।

slider

छापामार ड्रेसमा काठमाडौको जमलमा प्रस्तुति

नेकपा बहुमतको ९ औं महाअधिबेशन

slider

सहकारी वकिलको बहस सकियो आजै आउने सम्भावना देखिएको छ

सहकारी वकिलको बहस सकियो आजै आउने सम्भावना देखिएको छ राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का सभापति रवि लामिछाने समेत मुछिएको पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा सरकारी वकिलको तर्फबाट बहस सकिएको छ ।आजै न्यायाधीश नीतिज राईले लामिछाने लगायतलाई थुनामा पठाउने कि धरौटीमा रिहा गर्ने भन्ने आदेश गर्ने सम्भावना छ ।बुधबार लामिछानेसहित सात जना प्रतिवादीका तर्फबाट थुनछेक बहस सकिएर जाहेरवालाका तर्फबाट जवाफी बहस भएको थियो । थुनछेक बहसमा प्रतिवादीले उठाएका विषयमाथि आज सरकारी वकिलको तर्फबाट जवाफी बहस भएको हो ।उच्च सरकारी वकिल कार्यालय पोखरा र जिल्ला सरकारी वकिल कार्यालय कास्कीतर्फबाट जवाफी बहस सकिएसँगै आजै आदेश आउनसक्ने सम्भावना रहेको जिल्ला अदालत कास्कीका सूचना अधिकारी सुरज अधिकारीले बताए ।२ दिनअघि अदालत गेटबाहिर अनपेक्षित गतिविधि भएपछि प्रशासनले झनै सुरक्षा कडा पारेको हो । बुधबार पनि रास्वपाका कार्यकर्ता अदालत क्षेत्र प्रवेश गर्न खोजेका थिए तर प्रहरीले रोकेको थियो ।

थारु गाउँमा माघी पर्वको रौनक

पश्चिम नेपालको थारु बस्तीमा माघ/माघी पर्वको रौनक सुरु भएको छ । माघलाई नयाँ वर्षको रूपमा लिइने थारु समुदायमा पर्वको तयारी थालिएको हो । बङ्गुरको मासुको जोहो गर्नेदेखि लिएर गाउँका प्रमुख तथा नेतृत्व चयन र माघी देवानी तथा भुरा खेलबारे समेत छलफल सुरु भएको होधनगढी उपमहानगरपालिका १६ भादाका भलमन्सा सन्त कुमार चौधरीले पुस महिनाको अन्तिम दिन हरेक थारु बस्तीमा सामूहिक सुँगुर/बङ्गुरको जिटा (मासु) काटिने प्रचलन रहँदै आएको सुनाए । माघीमा विशेष रूपमा खाने ढिक्रीको लागि चामलको पिठो पिसाउने, दुना टपरी गाँस्ने कार्य पनि चलिरहेको छ ।पर्वसँगै थारु समुदायमा बस्तीका प्रमुखका रूपमा रहने बरघर, भलमन्सा, चिराकी, चौकीदारलगायत प्रतिनिधिहरू फेरबदल गर्ने कि, पुरानालाई नै अनुमोदन गर्ने भन्नेबारे प्रारम्भिक बहस पनि पुस महिनादेखि नै सुरु भएको भादाका भलमन्सा चौधरीको भनाइ 5।उनका अनुसार नेतृत्व चयनको लागि हुने माघी देवानी तथा भुरा खेल कार्यक्रममा गएको वर्षको समीक्षा गरिनुको साथै आउँदो वर्षको लागि कार्ययोजना निर्माण गरिन्छ ।यसैबिच ग्रामीण भेगमा माघी मेलाको तयारी समेत भइरहेको छ । कैलाली, कञ्चनपुर जिल्लाका विभिन्न स्थान तथा धार्मिक क्षेत्रमा आयोजना हुने माघीको मेला र महोत्सवको तयारी थालिएको हो ।कैलालीको कैलारी गाउँ गाउँपालिका ६ मा हरेक माघीमा आयोजना हुने माघी मेलाको तयारी अगाडि बढाइएको मेला आयोजक युवा जनज्योति क्लबका अध्यक्ष प्रकाश महतोले जानकारी दिए ।यसैबिच गाउँघरमा आगो ताप्दै सामूहिक रूपमा डफ गाइने ढमार गीतले पनि माघी पर्वको रौनक सुरु गरेको छ ।कैलालीको जोशीपुरका स्थानीय समेत रहेका पत्रकार सुधराम दहितले आजभोलि गाउँ–गाउँमा डफ, मादल बजाएर सामूहिक रूपमा ढमार गीत गाउँदा माघी पर्वको उल्लास बढ्दै गएको बताए । उनले जोशीपुर गाउँपालिका २ बरगदही गाउँको मुंग्रहुवा नाच टोलीले बुधबार राति गाउँमा ढमार गाउँदा गाउँमा उल्लास र माघको उत्साह जगाएको बताए । माघ १ गते नजिकैको नदी, तलाउ, पोखरी, दहमा नुहाउने र आ–आफ्नो आफन्त, इष्टमित्रहरुलाई भेटघाट गर्ने, ठूलाबाट अर्शीवाद लिने र सानालाई अर्शीवाद दिने प्रचलन रहिआएको छ ।मकर संक्रान्तिका दिन नुहाउनले वर्षभरि गरेको पाप वा नराम्रो काम, कुकर्म पखालेर जाने र पूण्य प्राप्त हुने धार्मिक जनविश्वास रहेको छ । यो दिन पशुपक्षी वध हुँदैन ।

अष्ट्रेलियाको सिड्नीमा एक जना नेपाली महिलाको मृत्यु

अष्ट्रेलियाको सिड्नीमा एक जना नेपाली महिलाको शंकास्पद मृत्यु भएको छ । नेपाली नागरिक ३९ वर्षीया दीक्षा दाहालको ६ दिनअघि पारामाट्टा अपार्टमेन्ट ब्लकको सातौं तलाबाट खसेर मृत्यु भएको हो ।डेली मेलका अनुसार, दाहालको मृत्यु हुनुभन्दा दुई घन्टा अगाडि अपार्टमेन्टबाट अष्ट्रेलियाको इमर्जेनसी सर्भिस नम्बर ००० मा फोन आएको थियो । त्यसबेला पृष्ठभूमिमा ‘ठूलो आवाजसहित भनाभन भएको’ सुनिएको थियो ।

गोरखापत्र