१५ जेठ २०८०, सोमबार
१ वर्ष पहिले
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
१५ जेठ, काठमाडौं । सरकारले सन् २०२३ देखि २०३२ लाई पर्यटन दशक घोषणा गरेको छ । २०२३ मा १० लाख पुर्याउने घोषणा समेत आगामी आर्थिक वर्षको बजेटले गरेको छ ।
अन्तर प्रदेश हवाइ सेवालाई प्राथमिकता दिने अर्थमन्त्री डा. प्रकाश शरण महतले बताए । ‘नेपाल घुमौं, नेपाल चिनौं’ अभियान यस वर्ष चलाइने भएको छ ।
जनकपुर, स्वर्णद्वारी, मुक्तिनाथलाई समेटेर सर्किट निर्माण गरिने भएको छ । पर्यटनमा २ अर्ब १३ करोड बजेट विनियोजन भएको छ ।
ताप्लेजुङदेखि ग्रेट हिमालयन ट्रेल निर्माणलाई तिब्रता दिने उनले बताए । पोखरा–मुस्ताङ पदमार्ग निर्माणलाई तिब्रता दिइने उनले बताए । पर्यटकीय पदमार्ग निर्माण गरिने भन्दै उनले पशुपति गुरुयोजना, लुम्बिनी गुरुयोजनाको काम गर्ने समेत बताए ।
बि.एम.एन. न्यूज
BMN News for up-to-the-minute news, breaking news, video, audio and feature stories.
यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?