३० वैशाख २०८०, शनिबार
१ वर्ष पहिले
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाण्डौं- नेपालबाट अवैध रुपमा लगिएका काष्ठकलाका ४० वटा सम्पदा अमेरिकाले फर्काइदिने भएको छ ।
वासिङ्टन डीसीमा रहेको नेपाली दूतावासमा भएको एक समारोहमा त्यहाँको गृह मामिला निकायका अधिकारीले यी सम्पदा दूतावासलाई हस्तान्तरण गरेका छन् । डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटी इन्भेस्टिगेशन (एचएसआई) बाट १९/२० शताब्दीका ४० नेपाली काठका कलाकृतिहरू प्राप्त गरेको नेपाली दूतावासले जनाएको छ ।
समारोहमा एचएसआईका उपसहायक निर्देशक रिकार्डो मेयरोल र विदेश मन्त्रालयका निमित्त उपसहायक सचिव स्कट अर्वमले पुरातात्विक सम्पदाको पहिचान तथा घर फर्काउने कार्यमा अमेरिकी सरकारको सहयोग निरन्तर रहने बताउनुभएको थियो ।
बि.एम.एन. न्यूज
BMN News for up-to-the-minute news, breaking news, video, audio and feature stories.
यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?