३० वैशाख २०८०, शनिबार
१ वर्ष पहिले
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौं- देशभर थप ३७ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । २ हजार ४१४ जनाको नमुना परीक्षण गर्दा पीसीआर विधिबाट ११ तथा एन्टीजेन विधिबाट २६ जनामा कोरोना भाइरससंक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार थप १४ जना संक्रमित निको पनि भएका छन् । यो सँगै देशभर सक्रिय संक्रमितको संख्या १२६ पुगेको छ । यो पीसीआरबाट संक्रमण पुष्टि भएको संख्या मात्र हो ।
सक्रिय संक्रमित मध्ये १० जना संस्थागत आईसोलेसन, १ जना आईसीयू तथा १ जना भेन्टिलेटरमा उपचाररत छन् । महामारी सुरु भए यता देशमा १२ हजार ३१ जनाले ज्यान गुमाइसकेका छन् ।
बि.एम.एन. न्यूज
BMN News for up-to-the-minute news, breaking news, video, audio and feature stories.
यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?