३१ वैशाख २०८०, आइतबार
१ वर्ष पहिले
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
दाङ- ५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा लमही नगरपालिका–८ सतबरिया संघर्ष टोल ५० वर्षीय जनकु चौधरीलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।
जनकुले गत पुस ११ गते दिउँसो सोही ठाउँस्थित खोल्सामा लगि ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा वडा प्रहरी कार्यालय लमहीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।
घटनाका बारेमा प्रहरीले अनुसन्धान गरिरहेको बताएको छ।
बि.एम.एन. न्यूज
BMN News for up-to-the-minute news, breaking news, video, audio and feature stories.
यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?