३१ वैशाख २०८०, आइतबार
१ वर्ष पहिले
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौं- निजी तथा आवासीय विद्यालय संगठन काठमाडौं प्याब्सकमा राजन श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ।
शनिबार भएको संस्थाको पाचौं अधिवेशनबाट श्रेष्ठ अध्यक्षमा निर्वाचित भएका हुन्। समितिको उपाध्यक्षमा मिरा सिलवाल र पुष्पराज सिंखडा, महासचिवमा सुदिप काफ्ले चयन भए।
यस्तै, उपमहासचिवमा राजु पुडासैनी, सचिवमा लक्ष्मी गुरूङ, कोषाध्यक्षमा राजेश्वर तिवारी र सहकोषाध्यक्ष होम लक्ष्मी गुरूङ चयन भए।
२०६१ सालमा स्थापित यो संस्थाले विद्यार्थीको पढाइ, शिक्षक, सञ्चालक र प्रधानाध्यापकको क्षमता विकास तथा अधिकारका क्षेत्रमा काम गर्ने गर्दछ।
बि.एम.एन. न्यूज
BMN News for up-to-the-minute news, breaking news, video, audio and feature stories.
यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?