काठमाडौं- आज ३० औँ मदन–आश्रित स्मृति दिवस मनाइँदै छ ।
२०५० साल जेठ ३ गते चितवनको दासढुंगामा जीप दुर्घटनामा परी नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारी तथा सङ्गठन विभाग प्रमुख जीवराज आश्रितको निधन भएको थियो ।
रहस्यमय मानिने यो दुर्घटनाबारे अहिलेसम्म भएको छानबिनले कुनै तथ्य निकाल्न सकेका छैनन् ।
दुर्घटनाका एकमात्र साक्षी तथा भण्डारी र आश्रित चढेको जिपका चालक अमर लामाकोसमेत हत्या भएपछि यो घटना झनै रहस्यमय बन्न पुगेको छ ।
कम्युनिष्टहरु नागरिकबाट चुनिएर मात्र सत्तामा पुग्नुपर्छ भन्ने मान्यता राख्ने भण्डारीले नागरिकको बहुदलीय जनवादको विकास गर्नुभएको थियो ।
२००९ साल असार १४ गते ताप्लेजुङमा जन्मिएका भण्डारी जननेताका रुपमा चिनिनुहुन्छ ।
मदन–आश्रित स्मृति दिवसका अवसरमा आज एमाले र एमालेका भातृ संगठनहरुले विभिन्न कार्यक्रम गर्दै छन् ।
यस्तै, एमालेबाट अलग्गिएर बनेको एकिकृत समाजवादीले पनि मदन–आश्रित स्मृति दिवसका अवसरमा कार्यक्रम गर्दैछ ।
BMN News for up-to-the-minute news, breaking news, video, audio and feature stories.