३ जेठ २०८०, बुधबार
१ वर्ष पहिले
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
अर्घाखाँची- अर्घाखाँचीको मालारानी गाउँपालिका अन्तर्गतका शैक्षिक संस्थामा कार्यरत राष्ट्रसेवक कर्मचारी र शिक्षकहरुलाई राजनीतिमा सक्रिय नहुन गाउँपालिकाले आग्रह गरेको छ ।
कर्मचारीहरु राजनीतिक दल र तिनका भातृ संस्थामा आबद्ध भएको प्रमाण फेला परेको र सेवा प्रभाहमा समेत असर परेको गुनासो आएपछि गाउँपालिकाले जागिर वा राजनीतिमध्ये एक रोज्न सूचना जारी गरेको हो ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेश भुषालले राजनीतिमा सकृय भएका शैक्षिक संस्थामा कार्यरत राष्ट्रसेवकहरुले जेठ ७ सम्ममा निर्देशन नमानेमा वा लिखित राजीनामा नदिए पदबाट बर्खास्त गर्ने, बर्खास्तको प्रक्रिया अघी बढाउने वा नियमानुसारको कारवाही गर्ने बताउनुभयो ।
बि.एम.एन. न्यूज
BMN News for up-to-the-minute news, breaking news, video, audio and feature stories.
यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?