ललितपुर- ललितपुर महानगरपालिका–४ स्टिल टावर चोक नजिकबाट दुई सय ९७ मिलिग्राम तौल भएको गैँडाको खाग (ओखेटोपहार) सहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा चितवनको राप्ती नगरपालिका–५ भवानीपुर घर भई ललितपुरको एकान्तकुना बस्ने २८ वर्षीय रोशन घिमिरे, २४ वर्षीय युवराज घिमिरे र धादिङको बेनिघाट रोराङ गाउँपालिका–२ घर भई काठमाण्डौको नयाँ बजार बस्ने २८ वर्षीय वीरेन्द्र तामाङ रहेका छन् ।
स्टिल टावर चोक नजिक गैँडाको खाग खरिद/बिक्री गर्दै गरेको भन्ने सूचनाका आधारमा खटिएको प्रहरी टोलीले उनीहरूलाई गैँडाको खागसहित फेला पारि पक्राउ गरेको प्रहरी प्रधान कार्यालय, प्रहरी महानिरीक्षकको सचिवालय, केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ । पक्राउ परेकालाई थप अनुसन्धान तथा कारबाहीका लागि डिभिजन वन कार्यालय गोदावरी पठाइएको प्रहरीले जनाएको छ ।
BMN News for up-to-the-minute news, breaking news, video, audio and feature stories.