६ जेठ २०८०, शनिबार
१ वर्ष पहिले
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
दाङ- दाङ प्रहरीले चोरी मुद्दाका फरार प्रतिवादीलाई १८ वर्षपछि पक्राउ गरेको छ । पक्राउ पर्नेमा गढवा गाउँपालिका वडा नं. २ महदेवा निवासी ५२ वर्षीय भागीराम चौधरी रहेका छन् ।
चौधरीलाई चोरी मुद्दामा जिल्ला अदालत दाङको २०६० फागुन २ गतेको फैसलाले ४ वर्ष ११ महिना २ दिन कैद सजाय तोकेको थियो । त्यही मुद्दामा चौधरीलाई पुनरावेदन अदालत तुलसीपुरले २०६२ असार १९ गते ४९ हजार पाँचसय रुपैयाँ जरिबाना तोकेको थियो ।
त्यसैगरी त्यही मुद्दामा उनलाई पुनरावेदन अदालत तुलसीपुरले नै २०६२ कात्तिक ८ गते ७६ हजार पचास रुपैयाँ जरिबाना तोकेको थियो । अदालतको फैसलापछि फरार रहेका चौधरीलाई हिजो प्रहरीले उनकै घरबाट बसिरहेको अवस्थामा पक्राउ गरेको हो ।
बि.एम.एन. न्यूज
BMN News for up-to-the-minute news, breaking news, video, audio and feature stories.
यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?