७ जेठ २०८०, आइतबार
१ वर्ष पहिले
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौं- दुवै खुट्टा गुमाए पनि सगरमाथाको सफल आरोहण गरेका रोल्पाका हरिबहादुर बुढामगरलाई सरकारले एयरपोर्टमै पुगेर सम्मान गर्नुपर्ने माग संसदमा उठेको छ ।
रोल्पाबाट निर्वाचित सांसद ईश्वरी घर्तीले बुढामगर भोलि काठमाडौं फर्किंदै गरेको जानकारी गराउँदै सरकारले एयरपोर्टमै पुगेर सम्मान गर्नुपर्ने माग गरेकी हुन् ।
रोल्पाको थवाङ गाउँपालिका–३ मिरुल निवासी बुढामगर यही जेठ ५ गते दिउँसो ३ बजे सगरमाथाको चुचुरोमा पुगेका थिए । ब्रिटिश गोरखा सैनिकमा कार्यरत रहँदा उनले अफगानिस्तानको लडाइँमा दुवै खुट्टा गुमाएका थिए । उनका घुँडादेखि तल दुवै खुट्टा छैनन् ।
बि.एम.एन. न्यूज
BMN News for up-to-the-minute news, breaking news, video, audio and feature stories.
यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?