काठमाडौं- बागमती प्रदेशका नवनियुक्त मन्त्रीहरूले सपथग्रहण गरेका छन्। नवनियुक्त ६ जना मन्त्रीहरूले आज सपथग्रहण गरेका हुन्। उनीहरूलाई बागमती प्रदेशका प्रमुख यादवचन्द्र शर्माले नेपाली कांग्रेसबाट चार र नेकपा एकीकृत समाजवादीबाट २ जना मन्त्रीलाई सपथ खुवाएका हुन्।
नेपाली कांग्रेसका पुकार महर्जन पर्यटन, उद्योग तथा सहकारी मन्त्रालय, उत्तम जोशी स्वास्थ्य मन्त्रालय र मसिना खड्काले वन तथा वातावरण मन्त्रालयको जिम्मेवारीसहित शपथ ग्रहण गरेका छन् भने कांग्रेसका रामकृष्ण चित्रकारले विना विभागीय मन्त्रीको जिम्मेवारी पाएका छन्।
त्यस्तै एकीकृत समाजवादीका डा. राजेन्द्रमान श्रेष्ठले कृषि तथा पशुपन्छी विकास मन्त्रालय र लक्ष्मण लम्सालले श्रम, रोजगार तथा यातायात मन्त्रालयको जिम्मेवारी पाएका हुन्।
BMN News for up-to-the-minute news, breaking news, video, audio and feature stories.