चितवन- भरतपुर महानगरपालिकाको झण्डा सर्वोच्च शिखर सगरमाथामा फहराइएको छ । गाइड नरेन ठकुरी र सहायक चेतन भोटेले महानगरको झण्डा सगरमाथामा फहराउनुभएको हो ।
भरतपुर महानगरपालिकाका मेयर रेनु दाहालले महानगरपालिकाको विकास र समृद्धिको अभियानलाई सफल बनाउन सर्वोच्च शिखर सगरमाथामा भरतपुर महानगरपालिकाको झण्डा फहराइएको बताउनुभयो ।
देशका पालिकाहरुमा सबै सूचकहरुमा अग्रणी रहेको महानगरपालिकाको झण्डालाई सर्वोच्च शिखरमा फहराएर विश्वभर विकासको सन्देश प्रवाह गरेको उहाँको भनाइ छ । भरतपुर महानगरपालिकाले सन् २०२४ लाई भरतपुर भ्रमण वर्षका रुपमा मनाउँदै छ ।
यी गतिविधि महानगरको पर्यटन प्रवर्द्धनका लागि समेत सहयोगी हुने उहाँको भनाइ छ । देशकै मध्यभागमा रहेको भरतपुर महानगर पर्यटकीय गन्तव्यका रुपमा परिचित छ ।
सगरमाथामा महानगरको झण्डा फहर्याउने यस अभियानको संयोजन गर्नुभएका महानगरका विज्ञ प्रेस सल्लाहकार सुरेशचन्द्र अधिकारीले सगरमाथा पुगेको टोली झण्डा गाडेर काठमाण्डौ फर्किएको बताउनुभयो । टोलीलाई महानगरपालिकाले बिदाइ गरेको थियो ।
तस्बिर स् भरतपुर महानगरपालिकाको फेसबुक