लम्जुङ- सानिमा बैंक लम्जुङ जिल्लाको बेसीशहरमा शाखा विस्तार गरेको छ। लमजुङको त्रिवेणी टोल, बेसीशहर–७ मा सोमबार नयाँ शाखाको समुद्घाटन ब्रान्ड प्रवद्र्धक वरिष्ठ कलाकारद्वय श्री मदन कृष्ण श्रेष्ठज्यू र श्री हरिवंश आचार्यज्यू (मह जोडी) तथा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत श्री पवन कुमार आचार्यज्यूले संयुक्त रुपमा गरेका हुन्।
समुद्घाटन् समारोहमा मह जोडीले लमजुङको बेसीशहरमा सानिमा बैंकको कार्यालय संचालनमा आएकोमा बैंकलाई बधाई ज्ञापन गर्दै सबल अनि विश्वसनीय बैंकको रुपमा निरन्तर विस्तार हुन र थप सफलताको लागि शुभकामना व्यक्त गरे।
त्यसैगरी, सानिमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत श्री पवनकुमार आचार्यज्यूद्वारा बैंकका ग्राहक तथा सरोकारवालाहरुलाई निरन्तर सहयोग तथा संरक्षणका लागि कृतज्ञता व्यक्त गरे।
सानिमा बैंकले देशका सातै प्रदेशमा १३१ वटा कार्यालय र १२२ वटा एटिएमबाट सेवा दिइरहेको छ।
BMN News for up-to-the-minute news, breaking news, video, audio and feature stories.
सम्बन्धित खवर
- बि.एम.एन. न्यूज
- ८ जेठ २०८०, सोमबार
सांग्रिला बैंक र चिरायु हस्पिटलबीच सम्झौता
- बि.एम.एन. न्यूज
- ८ जेठ २०८०, सोमबार