९ जेठ २०८०, मङ्गलबार
१ वर्ष पहिले
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
मकवानपुर- मकवानपुरको भीमफेदी कारागारका ३५ कैदीबन्दीलाई झाडापखला सङ्क्रमण भएको छ। सोमबार साँझ अचानक केही कैदीबन्दीमा ज्वरो आउने, बान्ता लाग्ने, पेट दुख्ने तथा झाडापखाला लाग्नेजस्ता लक्षण देखापरेको थियो ।
सुरुमा एक जनाबाट सुरु भएको झाडापखाला सङ्क्रमण विस्तारै अन्यमा सङ्क्रमण हुँदै आएको भीमफेदी कारागारका जेलर प्रमुख तीर्थ पौडेलले जानकारी दिए ।
सङ्क्रमण भई बिरामी भएका कैदीबन्दीको उपचारका लागि जिल्ला जनस्वास्थ्य कार्यालय मकवानपुरबाट दुई चिकित्सक, चार सहयोगी र प्राथमिक स्वास्थ्य केन्द्र भीमफेदी मकवानपुरबाट एक चिकित्सक, चार सहयोगी गरी ११ जनाको टोलीले आवश्यक औषधिसहित उपचार भइरहेको जेलर पौडेलले बताए ।
बि.एम.एन. न्यूज
BMN News for up-to-the-minute news, breaking news, video, audio and feature stories.
यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?