काठमाडौं- पछिल्ला ५ दिनदेखि लगातार सकारात्मक रहँदै आएको शेयर बजारमा मंगलबार उछाल आएको छ।
उतार चढावबीच बजार परिसूचक नेप्से ५१ अंकले उकालो लागेर १९ सय ४२ पुग्यो । कारोबार समेत बढेर २ अर्ब नाघ्यो ।
सबै समूहमा हरियाली छाउँदा उत्पादनमूलक र लघुवित्त समूहमा ४ प्रतिशत बढीको वृद्धि आयो । दुबै बीमा र व्यापार समूह पनि करिब ४ प्रतिशतले उक्लिए । होटल तथा पर्यटन र वित्त समूह पनि ३ प्रतिशत बढीले सुधारिए । बाँकी पनि अधिकांश समूह दोहोरो अंकले उकालो लागे ।
मंगलबार नेपाल स्टक एक्सचेन्जमा २ सय ७१ कम्पनीको ६१ लाख बराबर कित्ता शेयर २ अर्ब २० करोडमा किनबेच भएको एक्सचेन्जले जनाएको छ । यसदिन २ सय १९ कम्पनीका लगानीकर्ताले कमाउँदा जम्मा २ कम्पनीकाले गुमाए ।
यसदिन कालिका लघुवित्त, खप्तड लघुवित्त, आत्मनिर्भर लघुवित्त र सामुदायिक लघुवित्तका शेयर सकारात्मक सर्किट लेबलमा कारोबार भए ।
BMN News for up-to-the-minute news, breaking news, video, audio and feature stories.
सम्बन्धित खवर
- बि.एम.एन. न्यूज
- ९ जेठ २०८०, मङ्गलबार