१० जेठ २०८०, बुधबार
१ वर्ष पहिले
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौं- स्थानीय बजारमा बुधबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यसदिन छापावाल सुन प्रतितोला ६०० रुपैयाँले बढेर कारोबार भएको हो ।
मंगलबार छापावाल सुन प्रतितोला एक लाख नौ हजार २०० रुपैयाँमा करोबार भएको थियो। आज छापावाल सुन प्रतितोला एक लाख नौ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
आज तेजाबी सुन प्रतितोला एक लाख नौ हजार ३०० रुपैयाँमा कारोबार भएको छ ।
आज चाँदी मूल्य पनि प्रतितोला पाँच रुपैयाँ घटेर कारोबार भएको छ । गत मंगलबार प्रतितोला एक हजार ३६५ रुपैयाँमा कारोबार भएको चाँदी आज एक हजार ३६० रुपैयाँमा कारोबार भएको हो ।
बि.एम.एन. न्यूज
BMN News for up-to-the-minute news, breaking news, video, audio and feature stories.
यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?
सम्बन्धित खवर
- बि.एम.एन. न्यूज
- १० जेठ २०८०, बुधबार