१० जेठ २०८०, बुधबार
१ वर्ष पहिले
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौं- बिनु यादव र प्रदीप कठायतबीच रामेछाप जिल्ला अदालतले गराएको सम्बन्धबिच्छेद उच्च अदालत पाटनले उल्टाइदिएको छ । न्यायाधीशद्वय सुभाष पौडेल र सुदर्शन पाण्डेको संयुक्त इजलासले उनीहरूबीच सम्बन्धबिच्छेद हुने जिल्ला अदालतको फैसला मंगलबार उल्टाएको हो ।
उच्च अदालतका प्रवक्ता मन्दिरा शाहीका अनुसार मुद्दाको फैसलाको पूर्णपाठ आएको छैन । जिल्लाबाट अशंसम्बन्धी र सम्बन्धविच्छेद हुने फैसला भएको भने इजलासबाट उल्टाइएको शाहीले जानकारी दिइन् । जिल्ला अदालतले यादवलाई भराउन लगाएको मानाचामल भने सदर गरेको छ ।
०७९ असार १३ गते दर्ता भएको पुनरावेदन उच्च अदालतले पेसीका लागि नतोकेको भन्दै यादव दुई हप्तादेखि अनशनमा छिन् ।
बि.एम.एन. न्यूज
BMN News for up-to-the-minute news, breaking news, video, audio and feature stories.
यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?