१२ जेठ २०८०, शुक्रबार
१ वर्ष पहिले
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
खोटाङ- हावाहुरीले खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासेमा रहेको महेन्द्रतारा आधारभूत विद्यालयको छाना उडाएको छ । बिहीवार हिजो बेलुका वर्षासँगै आएको हावाहुरीले विद्यालयको दुई वटा भवनको छाना उडाएको हो ।
आईसीटी कक्षा, प्रशासन र पानी फिल्टर गर्ने उपकरण राखिएको भवन र कक्षा ४ र कक्षा ५ पठन–पाठन हुँदैआएको भवनको छाना उडाएको दिप्रुङ चुइचुम्मा गाउँपालिकाका अध्यक्ष लोकेन्द्र राईले बताउनुभयो ।
छाना उडाएपछि आईसीटी कक्षाको कम्प्युटर, डेस्क बेञ्च लगायतका सामान भिजेको छ । केही दिनभित्रै विद्यालयको भवनको छाना हालिने गाउँपालिका अध्यक्ष राईले बताउनुभयो ।
बि.एम.एन. न्यूज
BMN News for up-to-the-minute news, breaking news, video, audio and feature stories.
यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?