१४ जेठ २०८०, आइतबार
१ वर्ष पहिले
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाण्डौ- नेपालबाट भारततर्फ तस्करी गर्न लागिएको जाँड–रक्सी र भारतीय नम्बर प्लेटको मोटरसाइकल प्रहरीले बरामद गरेको छ ।
महोत्तरी प्रहरीले पश्चिमी सीमावर्ती मनरासिस्वा नगरपालिका–९ दशगजा क्षेत्रबाट भारततर्फ तस्करी गर्न लागिएको अवस्थामा गए राति २२ कार्टुन जाँड–रक्सी र एक थान मोटरसाइकल बरामद गरेको प्रहरी नायब उपरीक्षक (डीएसपी) दिलीपकुमार गिरीले बताउनुभयो । भारतको बिहार राज्यमा जाँड–रक्सी प्रतिबन्धित रहेको अवस्थामा नेपालबाट भारततर्फ लैजाँदै गर्दा प्रहरी टोलीलाई देखेर तस्कर मोटरसाइकल र समान छाडेर भागेका थिए ।
सीमा क्षेत्रबाट बरामद गरेको जाँड–रक्सी र मोटरसाइकल आवश्यक कारबाहीका लागि जिल्लाको मूल भन्सार कार्यालय जलेश्वरमा बुझाउने तयारी भइरहेको प्रहरीले जनाइको छ ।
बि.एम.एन. न्यूज
BMN News for up-to-the-minute news, breaking news, video, audio and feature stories.
यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?