१४ जेठ २०८०, आइतबार
१ वर्ष पहिले
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाण्डौ- एनएससी–काभा महिला भलिबल च्यालेन्ज कपको उपाधि भारतले जितेको छ । आज आइतवार त्रिपुरेश्वरको कभर्ड हलमा भएको फाइनलमा काजकिस्तानलाई हराउँदै भारतले उपाधि जितेको हो ।
भारतले काजकिस्तानलाई ३–० को सोझो सेटमा हरायो । भारतले पहिलो सेट २५–१५, दोस्रो सेट २५–२२ र तेस्रो सेट २५–१८ ले जित्यो । योसँगै भारतले अपराजित रहँदै प्रतियोगिता सकेको छ ।
प्रतियोगितामा काजकिस्तान उपविजेता बन्दा, नेपाल तेस्रो, उज्बेकिस्तान चौथो, श्रीलङ्का पाँचौँ, किर्गिस्तान छैटौँ, माल्दिभ्स सातौँ र बङ्गलादेश आठौँ भएका छन् । प्रतियोगिता राष्ट्रिय खेलकुद परिषद् (राखेप) को विशेष सहयोग तथा नेपाल भलिबल सङ्घको आयोजनामा भएको हो ।
बि.एम.एन. न्यूज
BMN News for up-to-the-minute news, breaking news, video, audio and feature stories.
यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?