काठमाडौं- पाँच खेलको टी–२० अन्तर्राष्ट्रिय शृखंलाका लागि मलेसिया भ्रमणमा रहेको नेपाली महिला क्रिकेट टोलीले पहिलो खेलमा खराब ब्याटिङ गरेको छ।
झण्डै एक वर्षपछि अन्तर्राष्ट्रिय क्रिकेट खेलिरहेको नेपालले बांगाईस्थित युकेएम(युएसडी मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको थियो । तर घरेलु टोलीलमलेसियाले उत्कृष्ट बलिङ गरेपछि नेपाल पूरै ओभर समेत क्रिजमा टिक्न सकेन र १६.५ ओभर खेल्दै ५० रनमा अलआउट भयो ।
नेपालका लागि यसै खेलबाट डेब्यु गरेकी सम्झन खड्काले सर्वाधिक १३ रन बनाउँदा विकेटकिपर ज्योती पाण्डेले ११ रन जोडिन् ।
यस्तै युवा खेलाडी कृतिका मरासिनीले पनि यसै खेलबाट नेपालको सिनियर टिममा डेब्यु गरिन् । सम्झना र कृतिका पहिलो पटक सिनियर टिममा परेका हुन् । कृतिका शुन्यमा अविजित रहिन् ।
नेपाललाई अलआउट गर्न मलेसियाका लागि निक नुर अतिएलाले सर्वाधिक ३ तथा अइन्ना हामिज हासिम, अइस्या एलिसा र माहिरा इज्जाती इस्माइलले २-२ विकेट लिए । नेपालका एक खेलाडी रनआउट भएका थिए ।
BMN News for up-to-the-minute news, breaking news, video, audio and feature stories.