१५ जेठ २०८०, सोमबार
१ वर्ष पहिले
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौं- रेशम चौधरीले टीकापुर घटनामा आफू निर्दोष रहेको दाबी गर्नुभएको छ ।
कारागार मुक्त भएपछि ईमेज च्यानलसँग कुरा गर्दै उहाँले टीकापुर घटनाको कथा अर्कै रहेको, पटकथा अर्कै लेखिएको र फिल्म अर्कै बनेको बताउनु भएको हो ।
टीकापुर घटना बन्द कोठामा भएको होइन भन्दै उहाँले घटना देख्ने हजारौं आँखाहरू साक्षी रहेको तर्क गर्नुभयो ।
घटनाको निश्पक्ष छानविन हुनुपर्ने भन्दै उहाँले घटनामा मारिएका प्रहरीका आफन्तहरुले पनि न्याय पाउनु पर्ने माग गर्नुभयो । चौधरीले टीकापुर घटनाका वास्तविक दोषी को हुन भन्ने आफूलाई राम्रोसँग ज्ञान रहेको दाबी पनि उहाँले गर्नुभएको छ ।
चौधरी आजै गृहनगर टीकापुरतर्फ लाग्नुभएको छ ।
बि.एम.एन. न्यूज
BMN News for up-to-the-minute news, breaking news, video, audio and feature stories.
यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?