१५ जेठ २०८०, सोमबार
१ वर्ष पहिले
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौं- विसं २०७२ वैशाख १२ गतेको भूकम्पले क्षतिग्रस्त निजी आवासमध्ये ८८ प्रतिशतको पुनः निर्माण सम्पन्न भएको छ।
सरकारले आइतबार सार्वजनिक गरेको आर्थिक सर्वेक्षणमा विसं २०७९ फागुनसम्म आठ लाख ३२ हजार पाँच सय ८५ लाभग्राही छनोट भएकामा ८८ प्रतिशतले घर निर्माण सम्पन्न गरी तेस्रो किस्ता लिएको उल्लेख छ। लाभग्राहीमध्ये ९५ प्रतिशतले दोस्रो किस्ता लिएका छन्। पहिलो किस्ता भने शतप्रतिशत लाभग्राहीले लिएको आर्थिक सर्वेक्षणमा उल्लेख गरिएको छ।
भूकम्पले भत्किएका पाँच सय सरकारी तथा सार्वजनिक भवनमध्ये चार सय आठको पुनः निर्माण सम्पन्न भएको छ। आठ वर्षअघिको भूकम्पले भत्किएका एक हजार एक सय ३६ स्वास्थ्य संस्थामध्ये आठ सय ९१ को पुनः निर्माण सम्पन्न भएको जनाइएको छ।
बि.एम.एन. न्यूज
BMN News for up-to-the-minute news, breaking news, video, audio and feature stories.
यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?