काठमाडौं- चालू आर्थिक वर्षमा आधारभूम मूल्यमा २.१६ प्रतिशत आर्थिक वृद्धि हुने अनुमान रहेको अर्थमन्त्री डा. प्रकाशशरण महतले बताएका छन् । उनले आगामी वर्षको बजेट भाषण गर्नेक्रममा विश्व अर्थतन्त्रमा देखिएको शिथिलताका कारण आर्थिक वृद्धि खुम्चिने बताए ।
विश्वबजारमा आएको समस्या र आन्तरिक समस्याका कारणले समेत आर्थिक वृद्धिदर न्यून हुने उनको भनाई छ । यस्तै, चालू आर्थिक वर्षको यस अवधिमा मूल्यवृद्धि ७ प्रतिशतभन्दा धेरै रहेको र आयातित वस्तुको मूल्यवृद्धि बढी भएको उनको भनाई छ ।
चैत मसान्तसम्म सोधानान्तर स्थिति १ खर्ब ८० अर्ब रुपैयाँले बचतमा रहेको छ भने विदेशी मुद्राको सञ्चितीले ११ महिनाको वस्तु आयात धान्ने केन्द्रीय बैंकको तथ्यांकले देखाएको छ । रेमिट्यान्स आप्रवाह २४ प्रतिशतभन्दा धेरैले बढेको छ भने चालू आर्थिक वर्षमा कूल सरकारी खर्च १५ खर्ब ४ अर्ब रुपैयाँ रहेको समेत डा. महतले बताए ।
यसमध्ये चालू खर्च १० खर्ब ४३ अर्ब रुपैयाँ र विकास खर्च २ खर्ब ५८ अर्ब रुपैयाँ छ । यो विनियोजनको ६७ प्रतिशत हो ।
BMN News for up-to-the-minute news, breaking news, video, audio and feature stories.
सम्बन्धित खवर
- बि.एम.एन. न्यूज
- १५ जेठ २०८०, सोमबार
मन्त्रिपरिषद् बैठकबाट आगामी आर्थिक वर्षको बजेट पारित
- बि.एम.एन. न्यूज
- १५ जेठ २०८०, सोमबार