काठमडौं- बजेटले सूचीकृत कम्पनीको अर फर्स्यौट भइसकेको पुराना करको विषय उठाएसँगै सेयर बजारमा भारी गिरावट भएको छ ।
सोमबार अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्षको २०८०/८१ को बजेट सार्वजनिक गर्दै आर्थिक विधेयकमा एफपीओको प्रिमियम र मर्जर एक्विजिसनको लाभमा कर तिर्नुपर्ने कर तिर्नेलाई शुल्क तथा ब्याजमाछुट दिने निर्णय व्यवस्था गरेका छन् ।
जसले गर्दा मंगलबार सेयर बजार सुरुवाती समयबाट नै उच्च गिरावट भएको छ । आइतबार १९४१.७७ अंकमा बन्द भएको नेप्से मंगलबार ५१ अंक भन्दा बढीले गिरावट भएर करिब साढे १२ बजे १८९०.५२ अंमकसम्म झरको थियो । तर, त्यसपछि सुधारोन्मुख हुँदै यो समाचार तयार गर्दै गर्दा १२ः४० मा नेप्से ४३.८५ अंकको गिरावट भएको छ ।
यस्तै कारोरबार रकम करिब १ अर्ब १४ करोड पुगेको छ ।
BMN News for up-to-the-minute news, breaking news, video, audio and feature stories.