१६ जेठ २०८०, मङ्गलबार
१ वर्ष पहिले
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौं- सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा हरिकृष्ण कार्की सिफारिश भएसँगै नियुक्तिको प्रक्रिया अघि बढेको छ ।
उनलाई संसदीय सुनुवाई समितिको मंगलबारको बैठकले सिफारिश गर्ने निर्णय गरेको हो । प्रक्रिया अघि बढेसँगै आज बसेको समिति बैठकले दश दिभित्र सार्वजनिक उजुरी गर्ने समय दिइएको छ । उनीमाथि लिखित पत्र वा समितिले सार्वजनिक गर्ने इमेलमार्फत उजुरी दिन सकिनेछ ।
उक्त इमेलसहितको सावृजनिक सूचना बुधबार गोरखापत्रमा प्रकाशन हुनेछ । आज समितिका जेष्ठ सदस्य पशुपति शम्शेर जबराको अध्यक्षामा बसेको बैठकले यस्तो निर्णय गरेको हो ।
कार्कीलाई गत २५ बैशाखमा संवैधानिक परिषद्बाट प्रधानन्यायाधीशमा सिफारिश गरिएको थियो ।
बि.एम.एन. न्यूज
BMN News for up-to-the-minute news, breaking news, video, audio and feature stories.
यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?