काठमाडौं- त्रिभुवन आर्मी फुटबल क्लबका मिडफिल्डर जगजित श्रेष्ठ क्लब छाडेर अष्ट्रेलिया फर्किएका छन् ।
अष्ट्रेलियामा फुटबल खेल्ने उनी शहीद स्मारक ए डिभिजन लिग २०७९–८० मा त्रिभुवन आर्मीबाट खेल्न नेपाल आएका थिए । चोटका कारण केही खेल गुमाएका उनले २२ मध्ये १४ खेल खेलेका थिए । उनले दुई गोलसमेत गरेका छन् ।
आफू अष्ट्रेलिया फर्किसकेको जगजितले पुष्टि गरेका छन् । पारिवारिक कारणले उनी अष्ट्रेलिया फर्किएको बुझिएको छ । क्लबले भने जगजित फर्किएकोबारे आधिकारिक धारणा सार्वजनिक गरेको छैन । नेपाली सेना शारीरिक तालिम तथा प्रशिक्षण केन्द्रका प्रमुख मुनाल बस्नेत जगजित क्लब छाडेर गएको बताए । ‘उनको व्यक्तिगत कारणले गर्दा क्लब छाडेका हुन् । परिवार पनि सँगै ल्याएका थिए । परिवारसँग जान पर्ने भएकोले अहिले गएका हुन्, ‘ बस्नेतले भने ।
लिग यही जेठ २७ गते सकिँदैछ । अब आर्मीले चार खेल खेल्न बाँकी छ । बस्नेतले अब लिगमा थोरै खेल मात्र बाँकी रहेकोले उनी फर्कने सम्भावना कम रहेको बताए । जगिजतले पछिल्लो पटक आर्मीका लागि गत बुधबार एनआरटीविरुद्ध १–० ले पराजित भएको खेल खेलेका थिए । उक्त खेलमा उनले एक घण्टामात्र खेले । जगजितको स्थानमा ६० औं मिनेटमा जिलेस्पी जंग कार्की मैदान प्रवेश गरेका थिए ।
त्यसपछि आर्मीले मछिन्द्रसँग १–१ को बराबरी खेल्दा र जावलाखेल युथ क्लबसँग २–० ले पराजित हुँदा जगिजत टिममा थिएनन् ।
BMN News for up-to-the-minute news, breaking news, video, audio and feature stories.
सम्बन्धित खवर
- बि.एम.एन. न्यूज
- १७ जेठ २०८०, बुधबार
विश्वकप छनोटको अन्तिम तयारीका लागि राष्ट्रिय क्रिकेट टोली दक्षिण अफ्रिका प्रस्थान
- बि.एम.एन. न्यूज
- १७ जेठ २०८०, बुधबार