बुटवल- पाल्पामा आइतबार भएको जीप दुर्घटनामा मृत्यु भएका पाँच जनाको शोकमा अर्घाखाँचीको पाणिनी गाउँपालिकाले शोक बिदा दिने भएको छ । रुपन्देहीको सालझण्डीबाट अर्घाखाँची पाणिनीतर्फ आउँदै गरेको जीप लु १ च ९०२४ नम्बरको जिप पाल्पामा दुर्घटनामा परी पाणिनीका ५ जनाको मृत्यु भएको थियो ।
उनीहरूको शोकमा गाउँपालिकाले मंगलबार आज पालिकाभर बिदा दिने भएको हो । दुर्घटना हुँदा मुत्यु हुने पाँचै जना पाणिनीका हुन् । दुर्घटनामा १० जना घाइते भएका थिए । उक्त घटनाले गाउँपालिका स्तब्ध र मर्माहत भएको भन्दै एक दिन बिदाको घोषणा गरिएको हो ।
प्रमुख प्रशासकीय अधिकृत हुमलाल भुसालले जारी गरेको शोक बिदा सम्बन्धी सूचनामा मंगलबार गाउँपालिकाको कार्यालय र यस अन्तर्गतका सबै कार्यालय एवं शिक्षण संस्थाहरुमा शोक बिदा दिने निर्णय भएको उल्लेख छ । घाइतेहरुको बुटवलका लुम्बिनी प्रदेशिक अस्पताल र चौराह अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
BMN News for up-to-the-minute news, breaking news, video, audio and feature stories.