२३ जेठ २०८०, मङ्गलबार
१ वर्ष पहिले
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाण्डौ- हिजो दोहोरो अङ्कले घटेको शेयरबजार आज दोहोरै अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज २५ दशमलव ६६ अङ्कले बढेर एक हजार नौ सय २७ दशमलव ६५ बिन्दुमा पुगेको छ।
सबै समूहको शेयर बढेकोमा होटल र बीमा समूहको शेयर उच्च अङ्कले उकालो लागेको छ। दुई सय ६९ वटा कम्पनीका ५५ लाख ४१ हजार कित्ता शेयर एक अर्ब ९८ करोड १० लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै सोल्टी होटलको नौ करोड ६८ लाख रुपैयाँको शेयर किनबेच भयो ।
आज सबैभन्दा धेरै न्यादी जलविद्युत् कम्पनीको शेयर झण्डै १० प्रतिशत र सोल्टी होटलको शेयर झण्डै नौ प्रतिशतले बढेको छ । समग्रमा बजार बढेको दिन आज मनकामना स्मार्ट लघुवित्त कम्पनीको शेयर साढे दुई प्रतिशतले घटेको छ ।
बि.एम.एन. न्यूज
BMN News for up-to-the-minute news, breaking news, video, audio and feature stories.
यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?