काठमाडौं- विश्वकप कप छनोटका लागि दक्षिण अफ्रिकामा अभ्यासका लागि पुगेको नेपाली राष्ट्रिय क्रिकेट टिमले आज आफ्नो पहिलो अभ्यास खेल स्कटल्यान्डसँग खेल्दैछ।
दक्षिण अफ्रिकाको टक्स ओभलमा हुने खेल नेपाली समयअनुसार दिउँसो सवा १ बजे सुरु हुनेछ। यसअघि नेपालले घरेलु मैदानमा भएको विश्वकप लिग–२ को खेलमा स्कटल्यान्डलाई पराजित गरेको थियो।
जिम्बावेमा आगामी १८ जुनदेखि १९ जुलाईसम्म हुने छनोट प्रतियोगिताको तयारीका लागि नेपालले अभ्यास खेल खेल्न लागेको हो। नेपालले गत चैतमा सम्पन्न लिग–२ शृंखलाको शीर्ष तीनमा रहँदै सोझै विश्वकप छनोटमा स्थान बनाएको थियो।
जिम्बाबेमा हुने छनोट प्रतियोगिता नेपालसहित ८ टिमको सहभागिता रहने छ । समूह ए’ मा नेपाल, वेस्ट इन्डिज, अमेरिका, नेदरल्यान्ड्स र जिम्बाबे छन्। समूह बी’मा आयरल्याण्ड, ओमान, स्कटल्यान्ड, श्रीलंका र युनाइटेड अरब इमिरेट्स (यूएई) छन्। प्रत्येक समूहबाट शीर्ष तीन टिमले सुपर सिक्समा स्थान बनाउनेछन्। प्रतियोगिबाट दुई टिमले विश्वकप स्थान बनाउनेछन्।
BMN News for up-to-the-minute news, breaking news, video, audio and feature stories.
सम्बन्धित खवर
- बि.एम.एन. न्यूज
- २५ जेठ २०८०, बिहिबार