२९ जेठ २०८०, सोमबार
१ वर्ष पहिले
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाण्डौ- उरुग्वेले फिफा यू–२० (२० वर्षमुनि) को विश्व कप फुटबलको उपाधि जितेको छ । अर्जेन्टिनामा हिजो आइतवार राति भएको फाइनलमा उरुग्वेले इटालीलाई १–० गोलले हराउँदै उपाधि जितेको हो । उरुग्वेको जितमा खेलको ८६ औँ मिनेटमा लुसिआनो रोड्रिगेजले गोल गरे ।
तीन पटक फाइनलमा पुगेको उरुग्वेले पहिलो पटक २० वर्षमुनिको विश्व कप जितेको हो । यसअघि उरुग्वे सन् १९९७ र २०१३ मा उपविजेता बनेको थियो ।
त्यस्तै पहिलो पटक २० वर्षमुनिको विश्व कप फाइनलमा पुगेको इटाली भने उपविजेता बन्यो ।
२० वर्षमुनिको विश्व कप उपाधि अर्जेन्टिनाले सबैभन्दा धेरै छ पटक जितेको छ । यस्तै ब्राजिलले ५ पटक यो उपाधि जितेको छ ।
बि.एम.एन. न्यूज
BMN News for up-to-the-minute news, breaking news, video, audio and feature stories.
यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?