२९ जेठ २०८०, सोमबार
१ वर्ष पहिले
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
रेशिका मगर
शेयर गर्नुहोस:
२९ जेठ २०८०, सोमबार
१ वर्ष पहिले
काठमाडौं- अर्थमन्त्री डा. प्रकाशशरण महतले साउन १ गतेबाट लेवल नभएका सामान बजारमा नपठाउने बताएका छन् ।
आर्थिक वर्ष २०८०–०८१ को राजस्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलमा उठेका प्रश्नहरुको जवाफ दिनेक्रममा अर्थमन्त्री महतले साउन एक गतेबाट चोरी पैठारीबाट आएका कुनै पनि सामान बिक्रिबितरणका लागि बजारमा नपठाउने बताएका हुन् ।
महतले बिक्रीका लागि राखिएको कुनै पनि सामानमा लेवल नभएको पाइएमा चोरीबाट ल्याएको ठहर हुने भन्दै त्यस्ता सामान बिक्रिवितरण गरे कारबाही गर्ने बताए ।
त्यसै गरी सुर्तीजन्य पदार्थको मुल्य पहिलेकै यथावत रहेको भन्दै आवश्यक परे हेरफेर गर्ने बताए ।
रेशिका मगर
यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?
सम्बन्धित खवर
- बि.एम.एन. न्यूज
- २९ जेठ २०८०, सोमबार